अर्थ व्यवसाय
परिसूचक १९०० अंक नजिक
काठमाडौं । सेयर बजार बढेर बुधबार परिसूचक १ हजार ९ सय अंक नजिक पुगेको छ । मंगलबार २८ अंकले बढेको सेयर बजार बुधबार पनि १५ अंकले बढेको छ । बुधबार होटल समूहको परिसूचक सबैभन्दा बढी १९५ अंक बढेको छ ।
यस्तै बैंकिङ समूहको १५।५१, विकास बैंकको ३३।१८, जलविद्युत समूहको ४५ र वित्त कम्पनीको सामान्य ५ प्रतिशतले बढेको छ । बुधबार उत्पादनमुलक र बीमा समूहको परिसूचक क्रमशः २३ र १३ प्रतिशतले घटेको छ । बुधबार २ अर्ब २६ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३ १८:३४
प्रतिक्रिया दिनुहोस्