site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशसभादेखि मन्त्रालयहरु सचिवविहिन
Sarbottam CementSarbottam Cement

पोखरा । प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले बुधबारदेखि अनिवार्य अवकाश पाउँदैछन् । भदौ १४ देखि प्रदेश प्रमुख सचिवमा कार्यरत पौडेल उमेरहदका कारण अवकाश पाउने उनी प्रदेशको पहिलो कर्मचारी पनि हुन् । पौडेलसहित चालु आर्थिक वर्षमा २ वटा प्रदेश प्रमुख सचिव फेरिइसके । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा २ जना सचिव लालमणि ओझा र विष्णु ढकालको महिनौँ अघि नै सरुवा भएको हो । त्यहाँका कानून सचिव धर्मराज कुईंकेलको ठाउँमा दलबहादुर अधिकारी आएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको पनि सरुवा भएको छ । उनको ठाउँमा अर्को सचिव आउने भनिएको छ, तर कहिले आउँछन् त्यो भने थाहा छैन । प्रदेशसभा सचिवालयका सचिव शम्भुबहादुर खड्का समायोजनका कारण मुस्लिम आयोगमा खटिए । सामाजिक विकास मन्त्रालयमा ३ पटक, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधारमा पनि सचिवहरु फेरिइसकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश प्रमुख सचिवदेखि मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय र प्रदेशसभा सचिवालयमा समेत सचिवहरुको पदपूर्ति भएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशमा २६ जना उपसचिवको दरबन्दी छ । तर, कार्यरत चाहिँ ३ जना मात्र छन् ।

“पहिले बल्लबल्ल कर्मचारी आएका थिए, समायोजनका कारण ती गए, यहाँ खटिएका कहिले आउँछन्, थाहा छैन, आएपछि यहाँको वस्तुस्थिति बुझ्नुपर्यो त्यहीँ समय लाग्छ,” सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, “हामीले पुसदेखि नै विकास निर्माण काम गर्ने भनेका थियौँ, समायोजनका कारण अहिलेसम्म कर्मचारीको टुंगो लागेको छैन्, समग्र प्रदेश नै प्रभावित भएको छ ।”

Global Ime bank

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशमा समग्रमा २ हजार १ सयको संख्यामा कर्मचारी चाहिन्छन् । कर्मचारीको विवरण सामान्य प्रशासन मन्त्रालयमा पठाएको पनि हो, तर कति मात्रामा कर्मचारी आए भन्ने तथ्य चाहिँ यकिन छैन । सबैभन्दा बढि बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पनि पर्याप्त कर्मचारी नभएको मन्त्री बस्नेतको भनाइ छ । “केही आउनुभएको छ, आउँदै पनि हुनुहुन्छ होला, विकास निर्माणका कार्य प्रभावित हुनुमा कर्मचारी अभाव पनि हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC