site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नौ गते जिल्ला तहको एकीकरण टुंग्याउने नेकपाको तयारी
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) ले ९ गते जिल्ला तहको एकता टुंग्याउने भएको छ । नेकपा एकता प्रदेश तहसम्म बिस्तार भएको छ । केही स्थानीय तहमा जिल्ला कार्यदलले एकता टुंग्याए पनि ७७ वटै जिल्ला कमिटी ११ महिनादेखि विघटित अवस्थामा छन् ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट पक्ष (नेता माधव नेपाल समूह)लाई समेटेर एकताको घोषणा गर्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।

“नेताहरूका बीचमा घनिभूत छलफल भइरहेको छ । एकताको बाँकी काम ९ गते नै टुंग्याउने तयारी प्रधानमन्त्रीको छ,” प्रधानमन्त्रीको सचिवालयले बाह्रखरीसँग भन्यो । प्रधानमन्त्रीको सचिवालयका अनुसार एकताबारे मोटामोटी गृहकार्य चन्द्रागिरि बैठकले गरेको छ ।
चन्द्रगिरि बैठकमा छलफल भएको विषयमा नै नेता नेपाल पक्षलाई सहमत गराएर ९ गते एकताको काम सक्ने तयारी भइरहेको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ ।

“चन्द्रागिरिमा छलफल भएको विषयमा नेता नेपाल पक्षको धेरै असन्तुष्टि छैन । उहाँले विधि र पद्धतिको कुरा उठाइरहनुभएको छ । सैद्धान्तिक रूपमा प्रधानमन्त्री र अर्का अध्यक्षको त्यसमा फरक मत छैन,” स्रोतले भन्यो ।

Agni Group

‘सिनियर र सक्रियता’

नेपाल पक्षले मापदण्डका नाममा र वरीयताको कुरा उठाइरहँदा पूर्वमाओवादी केन्द्रले भने सिनियर र सक्रियतालाई आधार बनाउने कुरा अघि सारेको छ । खासगरी पार्टी अध्यक्ष प्रचण्डले नेपाल पक्षलाई पनि मान्य हुनेगरी सिनियर र सक्रियतालाई एकताको मापदण्ड बनाउनुपर्ने तर्क अघि सारेको हो ।

Global Ime bank

“उहाँहरू (नेपाल पक्ष)ले वरीयतालाई आधार बनाउनुपर्ने कुरा उठाइरहनुभएको छ,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बाह्रखरीसँग भन्यो, “वरीयताका नाममा निस्क्रियलाई जिम्मेवारी दिनुभएन । सिनियरसँगै सक्रियता पनि हेर्नुपर्छ ।” उनले सिनियर, सक्रियता र दुवैतिरको शक्ति सन्तुलन मिलाएर पार्टी एकताको काम टुंग्याउनुपर्ने धारणा राखे ।

स्रोतका अनुसार प्रचण्ड (पूर्वमाओवादी केन्द्र)को मध्यमार्गी प्रस्तावप्रति नेपाल समूह पनि सहमति नजिक छ ।

नेपाल पक्षका नेताले बाह्रखरीसँगको कुराकानीमा भने, “नेता नेपाल शुरूदेखि नै विधि बनाउने पक्षमा हुनुहुन्छ । विधि नबनाउने र व्यक्ति टिप्ने अध्यक्ष ओलीको प्रवृत्तिले समस्या निम्त्याएको हो । नयाँ मापदण्ड बनाएर जाँदा व्यक्ति जसको परे पनि स्वीकार्य हुन्छ ।”
नेपाल समूहले माधव नेपालसँग परामर्श नगरी अध्यक्षद्वय एकलौटी ढंगले अघि बढे देशव्यापी समानान्तर कमिटी बन्ने चेतावनी दिए ।

विधि बनाएर एकता टुंग्याउने विषयमा भने नेता नेपालको धेरै असहमति नरहने एक केन्द्रीय सदस्य बताउँछन् ।

पूर्वमाओवादी केन्द्रबाट प्रतिनिधित्व गरेका मन्त्री असन्तुष्ट भएको विषय के हो ?

वैशाख १ गते नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गरेको सम्बोधनमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गरेका मन्त्री उपस्थित थिएनन् ।  यस विषयमा बुझ्दा प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र मन्त्रीहरूबीच कुनै तिक्तता, मनमुटाव नरहेको जानकारी दियो ।

केही असन्तुष्टि भए पनि वैशाख ९ गतेपछि सबैकुराको हल हुने र पार्टी चुस्त ढंगले अघि बढ्ने सचिवालयका सदस्यको भनाइ छ । “पार्टी एकता टुंग्याउने विषयमा प्रधानमन्त्री लागि राख्नुभएको छ । अर्का अध्यक्षले पनि भूमिका खेलिराख्नुभएको छ । ९ गतेपछि सबैकुराको हल हुन्छ,” सचिवालयका एक सदस्यले प्रष्ट्याए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC