site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको संसदीय सुनुवाइ भोलि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाइ बुधबार गर्ने भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषद्द्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार (भोलि) ४ गते दिउँसो २ बजे सुनुवाइ गर्ने निर्णय गरेको हो । 

त्यसअघि बिहान ११ बजे भने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधिशमा प्रस्तावित ५ जनाको सुनुवाइ भने बिहीबार गर्ने निर्णय गरेको छ । सर्वाेच्च अदालतको न्यायाधिशका लागि प्रस्तावित हरि फुयाँल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधिशद्धय प्रकाश ढुंगाना र सुक्ष्मलता माथेमाविरुद्ध परेको उजुरीमाथि छलफल र सुनुवाइ गर्ने कार्यक्रम पनि बिहीबार ५ गतेका लागि तय गरिएको समितिका सभापति कर्णले बताए । 

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिशहरुको सिफारिस प्रक्रिया नै गलत रहेको दावी गर्दै २ वटा र अन्य ३ वटा गरी ५ वटा उजुरी परेको पनि संसदीय सुनुवाइ समितिले जनाएको छ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रस्तावित न्यायाधिशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC