site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चिकित्सा शास्त्रका विद्यार्थीसँग असुल गरिएको अतिरिक्त शुल्क फिर्ता गर्न गत महिना भएको सहमति कार्यान्वयन भएको छैन । केही मेडिकल कलेजले विद्यार्थीसँग वैधरूपमा निर्धारित शुल्कभन्दा बढी रकम असुल्दै आएका थिए । पोखराका विद्यार्थीहरू आन्दोलित भएपछि नियमविपरीत लिएको पैसा एक महिनाभित्र फिर्ता गर्ने सहमति गत चैत ७ गते भएको थियो । तर, पहिल्यै असुलेका रकम फिर्ता गर्नु त परै रहोस् मेडिकल कलेजहरूले विद्यार्थीसँग थप पैसा असुल्नसमेत छाडेका छैनन् । सरकारले मेडिकल कलेज चलाउने विश्वविद्यालयहरूलाई थप पैसा फिर्ता दिन निर्देशन दिएको दाबी गरेको छ । यसैगरी सम्बन्धित संसदीय समितिले पनि विद्यार्थीसँग अवैधरूपमा असुल गरिएको रकम फिर्ता गराउन निर्देशन दिएको थियो । दुर्भाग्य, ‘सुशासन’को चर्को नारा लगाउने प्रधानमन्त्री केपी ओलीकै सरकारले आफैँले गरेको सहमति पालना गराउन अग्रसरता भने देखाएन । 

देशको शासन कसरी चलेको छ भन्ने कसी प्रधानमन्त्रीको हृष्टपुष्ट चम्किलो अनुहार वा विपक्षी र सञ्चार माध्यमलाई ललकार्ने दम्भपूर्ण हुँकार हुनसक्तैन । सर्वसाधारण जनताले देशमा कति सुविधा पाएका छन् वा कति अप्ठेरो र अन्याय सहनु परेको छ भन्ने आधारमा शासनको कसी लाग्छ । सरकार जनउत्तरदायी छैन भने जति नै गुड्डी हाँके पनि जनपक्षीय मानिदैन । यस्तै सरकारले दिएको वचन पूरा नहुने वा सरकार साक्षी बसेर भएको सम्झौता पालना नहुने  हो भने मर्कामा पर्नेहरूसँग अन्याय सहने वा विद्रोह गर्नेबाहेक अरू विकल्प हुँदैन । सरकारी डाक्टरहरूको माग बेलैमा सम्बोधन गरिदिएको वा कम्तीमा वार्ताको पहल गरेको भए उनीहरू अस्पतालै बन्द गरेर आन्दोलनमा उत्रनुपर्ने थिएन । चिकित्सा शास्त्रका विद्यार्थीलाई सरकारले दिएको आश्वासन पूरा नहुँदा राज्यकै विश्वसनीयता संकटमा पर्छ । तर, सरकारले भने अहिलेसम्म ठगिएका विद्यार्थीलाई न्याय दिलाउन अग्रसरता देखाएको छैन ।

सरकारी पदाधिकारी विशेषगरी मन्त्रीहरू पटक्कै दूरदर्शी र सहनशील देखिएनन् । विपक्षीलाई शत्रु देख्ने वा ठान्ने दृष्टि लोकतान्त्रिक हैन । यस्तै सरकारले जनतालाई ढाँट्नु पनि लोकतान्त्रिक संस्कारमा पर्दैन । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधिकांश मन्त्रीहरूले चरम असहिष्णु अभिव्यक्ति प्रकट गर्दै आएका छन् भने सम्झौता वा सहमति पालना गराउने नैतिक दायित्व पनि तिनले हेक्का राखेको देखिँदैन । मेडिकल कलेजका विद्यार्थीहरूसँग गरिएको पैसा फिर्ता गराउने सहमति कार्यान्वयन गर्न अहिले चासो नदिँदा पछि त्यसबाट ठूलो हानि पनि हुनसक्छ । जस्तो, वार्ताका लागि तत्परता नदेखाउने बरु उल्टो धम्की दिने मन्त्रीका कारण सातादिन सरकारी अस्पताल बन्द भयो र जनताले सास्ती पाए । राज्यको क्षति भयो । यो हुनुमा हडताली चिकित्सकभन्दा अहंकारी मन्त्री नै बढी दोषी हुन् । यसैले, विद्यार्थीलाई बाध्य बनाएर ‘माफिया’ शैलीमा असुलिएको अतिरिक्त शुल्क तत्काल फिर्ता गराउन र अब नलिइने सुनिश्चित गर्न सरकारले अग्रसरता देखाओस् । ‘हिँड्दै पाइला मेट्दै’ गर्न यो सरकार ‘डुंगा’ त हैन होला नि !
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC