site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आज असिना पानीसहितको हुरी बतास आउन सक्ने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी तथा मध्य तराईका कतिपय स्थानमा आज हुरी बतासको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज जारी गरेको बुलेटिनमा सो कुरा जनाइएको हो । आज दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित चट्याङ  तथा हुरी बतास र असिनासहितको वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । 

मौसमविद् सुवास रिमालले बाह्रखरीसँगको कुराकानीमा आज पश्चिम तराईका दाङ, रुपन्देही, कपिलवस्तु जिल्ला र आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाए । उनको भनाइ थियो,‘‘डाउन विन्ड ब्रस्ट हुने सम्भावनाका कारण त्यस्तो अवस्था देखिएको हो । ’’
उनका अनुसार आज पश्चिम तराईमा त्यस्तो सम्भावना छ भने भोलि बिहीबार पूर्वी तराईका जिल्लामा त्यस्तै अवस्था छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘तर, धेरै आत्तिनुपर्ने अवस्था होइन । सामान्य भन्दा अलि बढी आउने सम्भावना हो,’’ उनको भनाई थियो । 

आज राति पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली हुने तथा चट्याङ र मेघ गर्जनसहित असिनापानीको सम्भावना रहेको समेत महाशाखाको बुलेटिनमा उल्लेख छ । यसैगरी भोलि बुधबार पनि असिनापानी सहितको हावाहुरीको सम्भावना रहेको र विहीबार मेघ गर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।

Global Ime bank

फाइल तस्बिर 

यस्तो छ महाशाखाको बुलेटिन 
\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC