site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नचलेरै बिग्रिए करोडौंका डाइलासिस मेसिन
Sarbottam CementSarbottam Cement

काठमाडौं । करोडौँ मूल्यका मृगौलाको डाइलासिस मेसिन भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सञ्चालनमै नआएर बिग्रिएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनले केन्द्रमा मेसिन राख्ने स्थान र जनशक्ति अभाव भएको भन्दै करौडौं मूल्यका मेसिनहरु सञ्चालनमा नल्याई थन्क्याएर राखेको थियो । 

केन्द्रमा रहेका ६१ मेसिनमध्ये गत वर्षको असार मसान्तदेखि ३५ मेसिन सञ्चालनमा आएका छन् । ती मेसिनबाट २४ सैँ घण्टा सेवा दिँदा पनि १ सय २० जनाले मात्र सेवा लिने गरेको  प्रतिवेदनले देखाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी केन्द्रमा अन्य ११ वटा मेसिन बिग्रेर थन्किएको छन् । जुन मेसिन मर्मतमा ध्यान नदिँदा डाइलासिसका बिरामीलाई अन्य अस्पतालमा रिफर गर्ने गरेको प्रतिवेदनले देखाएको छ । अस्पतालका एक कर्मचारीकाअनुसार नयाँ मेसिन खरिदमा कमिसन आउने तर पुरानो मेसिनमर्मत गर्दा कमिसन नआउने भएकोले प्रशासनले पुरानो मेसिन बनाउन चासो नदिएको पाइएको हो । 

“पर्याप्त मेसिन अभाव, पूर्वाधार तथा जनशक्तिको कमीको कारण १ सय ४५ जना बिरामी हेमोडाइलासिस गर्न, ६८ जना मिर्गौला प्रत्यारोपण गर्न र २ जना पियर एक्सचेन्जको लागि प्रतीक्षामा छन् ”प्रतिवेदनले भनिएको छ ।

Global Ime bank

त्यसैगरी केन्द्रमा १ सय ५३ जनाले मृगौला प्रत्यारोपण गरेका छन् भने ओपीडी सेवालगायतका अन्य सेवा ३१ हजार ५ सय ६५ जनाले लिएका छन् । हरेक वर्ष मृगौलासम्बन्धी बिरामीको संख्या वृद्धि हुँदै गएकोले हालको अस्पताल भवनबाट सेवा प्रवाह गर्न असुविधा भइरहेको  जनाएको छ ।

केन्द्रको भक्तपुर अस्पतालको बन्दै गरेको भवनमा सरकारले ३ करोड २५ लाख विनियोजन गरे पनि कुनै काम नभएको पाइएको छ । जसमा अस्पतालको नयाँ भवन ड्रइङ डिजाइन, भवन निर्माण विस्तार र निर्मित भवनमा आवश्यक उपकरण जडानसमेत गर्न रु ३ करोड २५ लाख बजेट विनियोजन भएकोमा सोसम्बन्धी कुनै काम नभएको प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रले आर्थिक वर्ष २०७४-०७५ मा १ लाख ९ हजार ९ सय ९ मा खरिद गरिएको ट्रान्सफर्मर जडान नगरी थन्क्याएर राखेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC