site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईटीएफ वर्लड तेक्वान्दो च्याम्पियनसिपमा ४ नेपाली खेलाडी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
लन्डन । बेलायतको ब्राइटनमा यही जुलाई २६ बाट सुरु भएको अठारौँ एडल्ट तथा सिनियर र तेर्हौं जुनियर आईटीएफ वर्लड तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट  चार जना तेक्वान्दो खेलाडीले सहभागीता जनाउदै छन् ।
जारी च्याम्पियनसिपमा नेपालबाट सस्मन बस्नेत, घनश्याम आचार्य खत्री, रघुनाथ बस्नेत र लक्ष्मण बस्नेतले खेल्न लागेका हुन् । च्याम्पियनसिपका लागि नेपाली टोली बेलायत पुगिसकेका छन् ।
नेपालका लक्ष्मण बस्नेतले आज प्रतिस्पर्धा गर्दै छन् भने अन्य खेलाडीले शुक्रबार खेल्ने छन््र आईटीएफ तेक्वान्दो नेपालका अध्यक्ष्य एवं अन्तरास्ट्रिय प्रशिक्षक तथा रेफ्री लक्ष्मण बस्नेतले भेट्रानतर्फ ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपालको प्रतिनिधि गर्ने खेलाडीमध्ये लक्ष्मण बस्नेत आईटीएफ तेक्वान्दोमा नेपाललाई पहिलोपटक अन्तरास्ट्रिय पदक भित्र्याउने खेलाडी हुन् । उनले सन् २००४ मा मलेशियामा आयोजना भएको मलेशिया ओपनमा कास्य पदक जित्न सफल भएका थिए ।
सस्मन बस्नेतले १४ वर्ष देखि १५ वर्ष उमेर समूहमा ६४ केजी तौल समूहमा सहभागिता जनाउदै छन् भने घनश्याम आचार्य खत्रीले कलर बेल्ट प्याट्रनतर्फको सिनियर ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै रघुनाथ बस्नेतले सिनियर ७० केजी तौल तर्फ प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको प्रतिनिधित्व गर्न लागेका सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । घनश्याम आचार्य खत्रीले भने सन् २०१० मा यूकेमा भएको तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा सहभागी जनाएका थिए भने ब्रिटिश ओपन च्याम्पियनसिपमा काश्य पदक हात पारिसकेका छन् । त्यस्तै गरि रघुनाथ बस्नेत भेने पहिलोपटक विश्व स्तरको प्रतियोगिता खेल्दैछन् ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC