सातौंपटक जिब्रो छेडाए बुद्धकृष्णले (तस्बिरमा)

सातौंपटक जिब्रो छेडाए बुद्धकृष्णले (तस्बिरमा)

भक्तपुर । हरेक वर्ष भक्तपुरमा मनाइने बिस्केट जात्राका क्रममा आज बोडेमा ४६ वर्षीय बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेडाएका छन् । उनले यो वर्ष सातौंपटक जिब्रो छेडाएका हुन् । जिब्रो छेडाएपछि उनलाई खटमा बोकेर सहर घुमाइएको थियो । 

उनले यसअघि २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसकेका छन् । २०६६ सालमा घरमा श्रीमती सुत्केरी भएपछि उनले जिब्रो नछेड्ने घोषणा गरेका थिए । त्यसपछि जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेड्दै आइरहेका थिए । विगत आठ वर्षदेखि जिब्रो छेड्दै आइरहेका जुजुभाइले यसवर्ष घरमा श्रीमती र भाउजू बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरेसँगै जात्राका लागि जिब्रो छेड्ने व्यक्तिको खोजी सुरु भएको थियो । 

जात्रा प्रत्येक वर्षको वैशाख २ गते बिहान हुने गर्दछ । स्थानीय पाचोबाट सुरु हुने जात्रा बोडेका विभिन्न स्थान र नगरको परिक्रमापछि पुनः पाचोस्थित महालक्ष्मी मन्दिरमा पुगेर समापन हुने गर्दछ ।

सरिता खड्का

प्रतिकृया दिनुहोस
ad