खेल
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज राती रियाल मड्रिड र लेगानेसबीच प्रतिस्पर्धा हुँदैछ । शिर्ष ३ मा रहेको रियाल लेगानेसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल नेपाली समयअनुसार मध्य राती पौने १ बजे सुरु हुनेछ । शीर्ष स्थानको बार्सिलोना र एट्लेटिको मड्रिडभन्दा १ खेल कम खेलेको रियाल ६० अंकसहित तेस्रो स्थानमा छ ।
३१ खेलमध्ये रियालले १९ मा जित ३ मा बराबरी र ९ खेलमा हार ब्यहोरेको छ । बार्सिलोना ३२ खेलबाट २२ मा जित ८ मा बराबरी र ३ मा हारको नतिजासहित शिर्ष स्थानमा छ । समान खेलबाट एट्लेटिको मड्रिड १९ मा जित, ८ मा बराबरी र ५ मा हारसहित दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६ १७:३१
प्रतिक्रिया दिनुहोस्