site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेकपा नेता शर्मा भन्छन्– धर्मनिरपेक्षता हाम्रो माग थिएन, कहाँबाट घुसेछ !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले धर्मलाई बोकेर हिँड्न नहुने बताएका छन् । सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता शर्माले भने, “धर्म बोकेर हिँड्दा राम्रो हुँदैन । अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला । तर, भोलि सरकारमा हुँदा मिलाउन गाह्रो हुन्छ ।” आफूहरुले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको शर्माले स्मरण गराए । उनले भने, “धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन् । यसबारेमा विचार पुर्याउनुपर्छ ।” 

उनले धर्मनिरपेक्षता आफूहरुको माग नभएको जिकिर गरे । शर्माले सुनाए, “त्यतिबेला पनि धर्म निरपेक्षता बनाउने हाम्रो माग थिएन । १२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनुपूर्व नै धर्म निरपेक्षता बनाइयो । त्यतिबेला सरकारमा कांग्रेस र तत्कालिन नेकपा एमाले नै थिए । त्यतिबेला त्यो एजेण्डा नै थिएन, कोबाट आयो, कहाँबाटआयो हामीलाई थाहा थिएन । तर, हामीले विरोध गरेनौं । हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं ।”

मुलुकको अबको गन्तव्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा उनले जोड दिए । मुलुकमा कसरी समृद्धि हासिल गर्न सकिन्छ र अबको राजनीतिक कार्यदिशाबारे गम्भिर बहस चलाउनुपर्ने आवश्यकत्ता उनले औंल्याएका हुन् । उनले भने, “अहिलेसम्म हामीले सहमति र एकताकै आधारमा मुलुकलाई यहाँसम्म ल्याएका हौं । हामीले संविधानपनि सहमतिमै ल्यायौं । संविधान हाम्रो साझा दस्तावेज हो । हामी सबैको कार्यदिशा त्यही हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC