एजेन्सी । शीर्ष स्थानका लागि संर्घषरत मुम्बइ इन्डियन्स इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा सोमबार रोयल च्यालेन्जर्स बैग्लोरविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
घरेलु मैदानमा मुम्बइ सातौं खेलमा जितबिहीन यात्रालाई रोकेको बैंग्लोरविरुद्ध खेल्न लागेको हो । बेलुका ८:१५ बजे खेल वानखेडे रंगशालामा सूरू हुनेछ । मुम्बइ पाँचौं जितको लक्ष्यमा रहँदा बैंग्लोर दोस्रो जितको खोजीमा छ ।
दुई अंक जोडेको बैंग्लोर पुछारमा छ । चार खेलमा जित र तीनमा हारको नतिजासहित ८ अंक जोडेको मुम्बइ चौंथो स्थानमा छ । सोमबारको खेलमा विजय भए मुम्बइ शीर्ष २ वा ३ भित्र अटाउने छ ।
चेन्नई १२ अंकसहित शीर्ष स्थानमा छ । दिल्ली क्यापिटल्स १० अंकसहित दोस्रो स्थानमा छ । कोलकता ८ अंकसहित तेस्रो स्थानमा रहँदा मुम्बई समान अंक भए पनि रनरेटका आधारमा चौंथो स्थानमा रहेको हो । राम्रो रन रेटसहित विजय भए मुम्बई दोस्रो स्थानमा उक्लिनेछ।
छैठौं खेलसम्म जित निकाल्न नसकेको बैंग्लोर शनिबार राति मोहाली स्टेडियममा कोलकतालाई हराउँदै पहिलो जित दर्ता गर्न सफल भएको थियो । सातौं खेलसम्म बैंग्लोरका कप्तान बिराट कोहली र एबी डि भिलियर्सले २ सय रन पूरा गरेका छन् । युजभेन्द्र चाहालले ७ विकेट लिएका छन् ।
बैंग्लोरको सम्भावित प्लेइङ-११ : पार्थिब पटेल, कप्तान विराट कोहली, एबी डी भिलियर्स, मार्कुस स्टोनिस, मोइन अलि, पवन नेगी, उमेश यादव, मोहम्मद सिराज, युजभेन्द्र चाहाल, नभदीप सनी र अक्षदीप नाथ छन् ।
मुम्बईको सम्भावित प्लेइङ-११ : रोहित शर्मा, डिक कक, सूर्यकुमार यादव, पोलार्ड, हार्दिक पाण्डेय, इशान किसान, कुर्नाल पाण्डेय, राहुल चाहर, जेसन अथवा मिचेल, जसप्रित बु्रमाह र लासिथा मालिंगा छन् ।