विश्वकपका लागि भारतको टोली घोषणा, विजय र दिनेश समावेश 

विश्वकपका लागि भारतको टोली घोषणा, विजय र दिनेश समावेश 

एजेन्सी । इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको आइसीसी एक दिवसीय विश्वकप क्रिकेटका लागि भारतको टोली घोषणा भएको छ । दिनेश कात्तिक र विजय शंकरलाई समावेश गर्दै भारतले १५ सदस्यीय टोली घोषणा गरेको हो । 

सोमबार भारतीय क्रिकेट बोर्डले सार्वजनिक गरेको टोलीमा २१ वर्षीय युवा खेलाडी रिसब पन्तको स्थानमा दिनेश र अम्बाती रायडुको स्थानमा विजयले स्थान बनाएका छन् ।
 
भारतीय टोली

कप्तान विराट कोहली, रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, महेन्द्रसिह धोनी, केदार जादभ, दिनेश कात्तिक, युजभेन्द्र चहाल, कुलदिप यादब, भुवनेश्वर कुमार, जसप्रित बुम्राह, हार्दिक पाण्डेय, रबिन्द्र जडेजा र मोहम्मद शमी छन् । 

प्रतिकृया दिनुहोस
ad