site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सिरिजलाई नै पत्याए दर्शकले 
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०७५ मा रिलिज भएका अधिकांश चलचित्रले लगानी सुरक्षित नगर्दा सिक्वेलले मात्रै राम्रो व्यापार गर्न सफल भएका छन् । सिक्वेल भनिए पनि सिरिज मात्रै थिए । वर्षको सुरू देखि नै अधिकांश चलचित्रले लगानी सुरक्षित गर्न नसक्दा सिरिजका रुपमा देखा परेका चलचित्रले भने राम्रो व्यापार गर्न सफल भए ।

नाईं नभन्नु ल- ५ 

‘नाईं नभन्नु ल-५’ यो वर्षको सबैभन्दा पहिलो राम्रो व्यापार गर्ने चलचित्र बन्यो । भदौ ८ गते रिलिज भएको चलचित्र ‘नाईं नभन्नु ल-५’लाई विकास आचार्यले निर्देशन गरेका थिए । कथा निर्देशक आचार्य तथा सामिप्यराज तिमल्सेनाले लेखेका थिए ।
 
‘छक्का पञ्जा- ३’ 

Prabhu Bank
Agni Group
NIC Asia

०७५ असोज २४ गते रिलिज भएको ‘छक्का पञ्जा- ३’ले  अघिल्ला सिरिजहरुले झैं यो सिरिजले पनि राम्रो व्‍यापार गर्‍यो । दीपा श्री निरौलाले निर्देशन गरेको चलचित्रको कथा दीपकराज गिरीले लेखेका हुन् । अघिल्ला सिरिजहरुले बक्स अफिसमा रहेका सबै रेकर्ड तोडे पनि राम्रो समीक्षा भने पाउन सकेका थिएनन् । ‘छक्का पञ्जा- ३’ले भने राम्रो व्यापार मात्रै गरेन, समीक्षा पनि राम्रै पायो । ‘नाईं नभन्नु ल-५’ जस्तै यसले पनि अघिल्ला सिरिजको नाम मात्रै सापट लिएको थियो । सिक्वेल भने थिएन । 

‘ए मेरो हजुर- ३’ 

Global Ime bank

‘ए मेरो हजुर- ३’ वर्षको अन्तिममा रिलिज भयो । चैत २९ गते रिलिज भएको चलचित्र हेर्न दर्शक आइरहेका छन् । औसत समीक्षा बटुलेको चलचित्रलाई दर्शकले विश्वास गरेका छन् । झरना थापाले निर्देशन गरेको चलचित्रको कथा झरना थापा र सुमन पौडेलले लेखेका हुन् । ‘ए मेरो हजुर- ३’ पनि सिक्वेल नभएर सिरिज मात्रै हो । 

दर्शकले ०७५ मा स्टारडमलाई पनि पत्याएनन् । राम्रो हाइप बनाएका चलचित्रलाई पनि पत्याएनन् । स्टारडम नपत्याएका दर्शकले चलचित्रका सिरिजलाई साथ दिए । परिणामः सिरिजकै बजार राम्रो रह्यो । 

यस्तो छ कारण

कलाकार, लेखक तथा निर्माता दीपकराज गिरी ब्राण्ड बनिसकेको अवस्थामा चलचित्रप्रति दर्शकले विश्वास गर्ने बताउँछन् । “सबै सिक्वेल र सिरिज त चलेका छैनन् तर पहिलो जुन चलचित्र चलेका छन् ती चलचित्रको सिरिजलाई दर्शकले विश्वास गर्नु भएको छ,” गिरी बाह्रखरीसँग भन्छन्, “धेरै नेपाली चलचित्रले एक खालको भनेर प्रचार गर्ने तर हलमा पुग्दा चलचित्र अर्कै हुने गरेकाले पनि विश्वास गर्न गाह्रो भइरहेको छ । दर्शकलाई त्यसैले अघिल्ला सिरिज राम्रो भएकाले यो ब्यानर र यी कलाकार तथा निर्देशकले चाँहि राम्रो बनाउँछन् है भनेर पनि सिरिजहरु चल्छन् ।”

संयोगले ‘छक्का पञ्जा’ र ‘ए मेरो हजुर’ दुबैको सिरिज ३ थिए भने ‘नाईं नभन्नु ल’ भने पाचौँ सिरिज थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC