site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब ‘यूएन’ मिसनमा सहभागी सशस्त्र प्रहरीले पैसा तिर्न नपर्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न मुलुकमा सयुक्त राष्ट्र संघको ‘यूएन’ मिसनमा सहभागी प्रहरी कर्मचारीबाट लिँदै आएको रकम अब नलिने भएको छ । महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले यसअघि लिँइदै आएको रकम सहभागिबाट एक रुपैयाँ पनि नलिने घोषणा गरेका हुन । 

यसअघि यूएन मिसनमा सहभागी प्रत्येक सशस्त्र प्रहरीका कर्मचारीबाट सशस्त्र प्रहरी परीवार महिला संघलाई प्रतिव्याक्ति ३५ अमेरिकी डलर, पूर्व सशस्त्र प्रहरी संघलाई ३५ अमेरिकी डलर र खेलकुद शाखालाई १५० अमेरिकी डलर कटौती गर्दै आएको थियो । महानिरीक्षक खनालले भने,‘‘अब मिसनमा खटिएका कुनै पनि प्रहरी कर्मचारीको रकम कट्टा गरिने छैन् । सम्पूर्ण प्रहरी मिसनमा सहभागी कर्मचारीले नै पाउनेछन्।’’ 

हालसम्म सशस्त्र प्रहरीकोतर्फबाट तीन हजार ६ सय ३३ जना विभिन्न मिसनमा सहभागी भएको आइजीपी खनालले बताए । हाल ‘इन्डुभिजल पुलिस अफिसर’ २८ जना र ‘फोर्म्ड पुलिस युनिट’ बाट तीन सय २२ गरी तीन सय ५० जना मिसनमा सहभागी भएको खनालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC