लन टेनिसमा संरक्षण र प्रेरणालाई स्वर्ण

लन टेनिसमा संरक्षण र प्रेरणालाई स्वर्ण

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत लन टेनिसमा पुरुष एकलमा संरक्षण भुषण बज्राचार्य र महिला एकलतर्फ एपीएफकी प्रेरणा कोईरालाले स्वर्ण जितेका छन् ।

एनआरएका संरक्षकले नेपाल आर्मीका प्रनव खनाललाई ६-१ र ६-२ को सेटमा हराएका हुन् । त्यस्तै महिलातर्फ प्रेरणा स्वर्ण जित्न सफल भएकी छन् । उनले आर्मीकी अभिलाषा विष्टलाई ६-० र ६-२ को सेटमा पराजित गरेकी हुन् । प्रदेश-३ की रायना शाह र ईरा रावतले काँस्य पदक जितिन् ।

प्रतिकृया दिनुहोस
ad