खेल
काठमाडौं । दोस्रो लुम्बिनी इन्स्योरेन्स गल्फ प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा दोस्रो गल्फ प्रतियोगिता शुक्रबार र शनिबारका लागि तय भएको हो ।
आयोजकले पत्रकार सम्मेलन गरी प्रतियोगिता १८ होलमा खेलाइने बताएको छ । रोयल नेपाल गल्फ कोर्समा १ दिन ९ होल र अर्को दिन ९ होल गरी १८ होलमा खेलाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पुरुषतर्फको विजेता,उपविजेता,ग्रस विजेता,महिलातर्फको विजेता,उपविजेता,सिनियर विजेता,उपविजेता,जुनियर विजेता,उपविजेता,लङगेष्ट ड्राइभलाई ट्रफी पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६ १५:४९
प्रतिक्रिया दिनुहोस्