site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय गोजुरियो कराँते जेठ दोस्रो साता 
Sarbottam CementSarbottam Cement

काठमाडौं। नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता जेठ दोस्रो साता हुने भएको छ ।
 
राष्ट्रिय गोजुरियो कराँते दो संघ प्रदेश नम्बर ७ को आयोजनामा नवौं अन्तराष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता जेष्ठ ९ गतेबाट सुरु हुने भएको हो । 

आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ ११ गतेदेखि चल्ने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटान सहभागी हुने जानकारी दिएको छ । भारतबाट मात्र ४ सय बढी खेलाडी सहभागी हुने बताएको आयोजकले एक हजारभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिएको छ । काता, कुमिते र टिम कुमिते गरी ३ विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।
 
यसैबीच राष्ट्रिय गोजुरियो कराँते दो संघ र राष्ट्रवादी विकासशील अभियानबीच मुख्य प्रायोजन सम्झौता भएको छ । संघका अध्यक्ष गणेश कार्की र अभियानका अध्यक्ष कमल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अभियानले संघलाई ८ लाख रुपैयाँसहित खेल सामग्री प्रदान गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै कार्यक्रममा सहभागी भएका नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले प्रतियोगिताका लागि व्यक्तिगत १५ हजार रुपैयाँ आयोजकलाई हस्तान्तरण गरेका थिए । संघका महासचिव प्रकाश चन्दले प्रतियोगिताले राष्ट्रिय टोलीसम्म क्षमतावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

सांकेतिक तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC