site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घुस दिन खोज्ने चालकसहित तीन जना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने दिल्ली-काठमाडौं चल्ने पर्यटक बसका चालकसहित ३ जना पक्राउ परेका छन ।

प्रहरीलाई घुस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दिपा राना र नुवाकोट ककनीका भरत तामाङलाई पक्राउ गरिएको सोमबार पत्रकार सम्मेलन जानकारी गराइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

करिब ५५ लाख ८८ हजार लत्ताकपडा अवैध रुपमा नेपाल भित्र्याएका उनीहरुलाई प्रहरीले गत चैत्र ३० गते साँझ काठमाडौंको चमतीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए । 

बसमा लुकाएर राखेको अवैध लत्ता कपडा छुटाउन प्रहरीलाई घुस दिन सर्लाहीका चालक विश्वकर्माले ल्याएको ३ लाख रुपैयाँ पनि बरामद गरिएको छ । चालक विश्वकर्मालाई सो काममा सहयोग गर्ने तामाङसँग रहेको ५० हजार नगद पनि बरामद गरिएको परिसर प्रमुख लामाले बताए ।

Global Ime bank

प्रहरीले भारतबाट अवैध लत्ता कपडा नेपाल भित्रिन लागेको भन्ने सूचनाको आधारमा सो टुरिष्ट बसमा खनतलासी गरेको थियो । उनीहरुको साथबाट थप १ लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC