site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शान्ति सुरक्षा खर्च अपारदर्शी, मन्त्रीले भन्दा सचिवले गरे बढी खर्च 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि गृह मन्त्रीले भन्दा सचिवले एकवर्षमा बढी खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख छ । “मन्त्रिपरिषद्को २०५०–०२–१३ को निर्णयले शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि एक पटकमा गृहमन्त्रीले रु ५० हजार र गृहसचिवले रु २० हजारसम्म खर्च गर्न सक्ने व्यवस्था गरेको छ । यो वर्ष मन्त्रीस्तरबाट रु ७६ लाख ५० हजार र सचिवस्तरबाट रु ७९ लाख ५१ हजारसमेत रु १ हरोड ५६ लाख १ हजार शान्ति सुरक्षा कायम गर्ने प्रयोजनमा खर्च भएको छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “गृहमन्त्रीको स्वीकृतिमा २०७२–७३ मा रु ५९ लाख, २०७३–७४ मा रु ६१ लाख र २०७४–७५ मा ७६ लाख ५० हजार खर्च भएको छ । त्यसैगरी सचिवको स्वीकृतिमा २०७२–७३ मा २४ लाख, २०७३–७४ मा ५३ लाख र २०७४–७५ मा ७९ लाख ५० हजार खर्च भएको छ । प्रत्येक वर्ष खर्च बढ्दै गएकोमा वृद्धिको आधार पारदर्शी छैन । मन्त्रिपरिषद्को निर्णयले एकपटकको खर्च सीमा तोके पनि समय अवधि किटान गरेको छैन । शान्ति सुरक्षाका निमित्त सुराकीलाई भुक्तानी हुने खर्चसम्बन्धी कार्यविधिसमेत तयार गरेको देखिएन । तत्कालीन शान्ति सुरक्षाको परिस्थितिमा गरिएको निर्णय परिवर्तित अवस्थामा पुनरावलोकन गर्नुपर्दछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC