विदेश
केरला । भारतको कंग्रेस पार्टीका सांसद शशी थरुर थिरुभनाथपुरम मन्दिरमा प्रार्थना गर्ने क्रममा घाइते भएका छन् । उनी त्यहाँको स्थानीय प्रचलन अनुसार ठूलो तराजुको एक भागमा बसेर अर्कोतर्फ आफ्नै शरीरको तौल बराबरको सामान राखेर दान दिने क्रममा लडेर घाइते भएका हुन् ।
उनलाई सोही स्थानको अस्पतालमा लगिएकोमा उनको टाउकोमा चोट लागेको र ६ वटा टाँका लगाउनु परेको छ । चिकित्सकले उनी खतरामुक्त भएको बताएका छन् ।
(एएनआइ)
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६ १३:०७
प्रतिक्रिया दिनुहोस्