बोइङ ७३७ को ग्राउण्डेड अवधी अगस्टसम्म बढाइयो

बोइङ ७३७ को ग्राउण्डेड अवधी अगस्टसम्म बढाइयो

वाशिङटन । अमेरिकी विमान कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स ८ सिरिजका विमानको ग्राउण्डेड अवधी जुन महिनाबाट अगस्टको मध्यसम्मका लागि सारेको छ । 

सो कम्पनीले विमानको उडानलाई अझै विस्वस्त पार्नका लागि त्यसो गरिएको जनाएको छ ।  गएको महिना ७३७ म्याक्सका बिमानहरु विश्वभरी नै ग्राउण्डेड गरिएका थिए ।  सो कम्पनीका  इथियोपियन र इण्डोनेशियाको लायन एयरका विमान एकै किसिमको कारणले दुर्घटनामा परेपछि विश्वभरी नै सो सिरिजका बिमान ग्राउण्डेड गरिएका थिए । 

अमेरिकाको नागरिक उडडयन हेर्ने सरकारी निकायले सुरुमा सो सिरिजका विमान बेठीक नभएको दाबी गरेपनि पछि ग्राउण्डेड गर्न निर्देशन दिएको थियो ।  अहिले सो कम्पनी सो सिरिजका बिमानको अपग्रेडमा जुटेको बताइएको छ । बिमानमा समस्या देखिएपछि विश्वभरीका विभिन्न बिमान कम्पनीहरुले आफूले विमान निर्माणको लागि दिएको अर्डर समेत फिर्ता गरेको बीबीसीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
ad