site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यी रहेछन् पृथ्वी जोगाउन भूमिका खेल्ने विश्वका ५ मुलुक
Ghorahi CementGhorahi Cement

बीबीसी । मुलुकमा हरियाली प्रवर्द्धन गरेर जलवायु परिवर्तनका कारण पृथ्वीमा हुने नोक्सानीबाट जोगाउनका लागि भूमिका खेल्ने विश्वका ‘टप फाइभ’ देशको नाम सार्वजनिक गरिएको छ । 

जलवायु सम्बन्धी पछिल्लो प्रतिवेदनमा समुन्द्र पहिला सोचिएको भन्दा निकै बढी अर्थात ४० प्रतिशत छिटो तातो हुँदै गएको जनाइएको थियो । सन् २०१८ को अक्टोबरमा संयुक्त राष्ट्र संघको प्यानलले सार्वजनिक गरेको प्रतिवेदनमा विश्वव्यापी उष्णताका कारण बाढी, खडेरी, खाद्यान्नको अभाव, जंगलमा आगो लाग्ने लगायतका समश्या बढने उल्लेख छ । विशेष उपाय अवलम्बन गर्न नसकिएमा  सन् २०४० सम्ममा यसले अप्ठेरो अवस्था सिर्जना हुने प्रतिवेदनमा जनाइएको छ । 

Agni Group

यसबारेमा विश्वव्यापी रुपमा कुनै पहल भइनसकेको भएपनि विश्वका केही राष्ट्रहरुले भने पृथ्वीलाई वातावरणीय रुपमा जोगाउन भूमिका खेलेको ‘गुड कन्ट्री इन्डेक्स’ नामक प्रतिवेदनमा देखाइएको छ । सिमोन अनहोल्टले स्वतन्त्र रुपमा गरेको अध्ययनका क्रममा पृथ्वीलाई जोगाउन भूमिका खेल्ने ५ महत्वपूर्ण देशको सूची सार्वजनिक गरिएको छ । 

जुन सूचीमा पहिलो नम्बरमा नर्वे, दोस्रोमा पोर्चुगल, तेस्रोमा उरुग्वे, चौथोमा केन्या र पाँचौमा न्यूजील्याण्ड रहेको प्रतिवेदनमा जनाइएको छ । ती देशहरुले विद्युतीय कारको प्रयोग गरेको, शहरहरुमा हरियालीको मात्रा बढाएको, शहरको केन्द्रीय भागमा ‘कार फ्रि’ वातावरण बनाएको, पार्किङलाई शहरी क्षेत्रबाट हटाएको, प्लास्टिकको झोला निषेध गरेको, प्राकृतिक सम्पदाहरुकोे संरक्षण गरिएको जस्ता थुप्रै कारण दिइएको छ ।

Global Ime bank

नेपाल लगायतका ४० देशको भने विभिन्न मापदण्ड नपुगेको भनेर सो अध्ययनमा समाबेश नगरिएको जनाइएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC