site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीद्वारा सिरुवा पर्वको शुभकामना
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वको अवसरमा सोमबार शुभकामना व्यक्त गरेका छन् ।उनले दिएको शुभकामना सन्देशमा  पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीहरुले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गरेका छन् । नेपाल बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक देश भएको उल्लेख गर्दै उनले  यस देशमा बसोबास गर्ने विविध जातीहरुले मनाउने विविध प्रकारका चाडपर्वहरुले आपसमा सदभावको सन्देश प्रवाह गरेको जनाएका छन् । 

Agni Group

सन्देशमा  अहिले मानिसहरु एक समुदायको चाड पर्वमा अर्को समुदायपनि सहभागी भएर आत्मियता र एकता दर्शाउने गरेको उल्लेख गर्दै  शुभकामना सन्देशमा भनेका छन्, “त्यसकारण नेपालीहरुलाई विविधता भित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सुत्र यस्तै चाडपर्वहरु पनि हुन् । हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।”

नयाँ वर्षको रुपमा मनाइने सिरुवापर्व तीनदिन सम्म मनाउने चलन रहेको र  नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर कादो सिरुवा मनाउने गरिन्छ । तेस्रो दिनआपसमा  रंग दलेर रंग सिरुवा मनाउने गरिन्छ । यी तीन दिनमध्ये दोस्रो अर्थात कादो सिरुवा लोकप्रिय मानिन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC