site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सुरक्षित छैनन् \'डेटिङ एप\' ! चारवर्षमा यौन अपराध दोब्बर 
Sarbottam CementSarbottam Cement

इंग्ल्यान्ड । विभिन्न एप तथा वेबसाइटहरुमार्फत साथी बनाउने तथा डेटिङ गर्ने भनिएका प्लेटफर्महरु सुरक्षित नभएको निष्कर्ष निकालिएको छ । सामाजिक सञ्‍जालको बढ्दो प्रयोगसँगै यस्ता एपहरुले फेसबुक, ट्वीटरबाट पनि प्रयोगकर्ता तान्‍ने काम गरिरहेका हुन्छन् । 

पछिल्लो चार वर्षयता बेलायतमा अनलाइन डेटिङ साइट तथा विभिन्न एपमार्फत यौन अपराध दोब्बरले वृद्धि भइरहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीको तथ्यांकअनुसार डेटिङ साइटमार्फत सन् २०१५ मा १५६ यौन अपराध दर्ता भएका थिए भने सन् २०१८ मा २५६ अपराधका घटना दर्ता भएको जनाइएको छ । इंग्ल्यान्ड र वेल्समा ४३ मध्ये २३ वटा घटना जबरजस्तीका दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अनलाइन डेटिङ एसोसियसनले भने प्रयोगकर्ताहरुलाई सुरक्षित बनाउनेतर्फ प्रयास भइरहेको प्रतिक्रिया दिएको छ । तर, राष्ट्रिय प्रहरी प्रमुख परिषद्ले भने एपमा धेरै कुराहरुमा सुधार गर्नुपर्ने बताएका छन् । प्रहरीले सन् २०१५ देखि २०१८ सम्म यौन अपराधसहितका दुई हजार २९ अपराधका घटना दर्ता भएको तथ्यांक सार्वजनिक गरेको छ । सन् २०१५ मा जम्मा ३२९ यौन अपराधका घटना दर्ता भएकोमा सन् २०१८ मा ६८५ यौन अपराधका घटना दर्ता भएका थिए । 

एप सञ्‍चालक कम्पनीले प्रयोगकर्ताको सुरक्षाका लागि थप अनुसन्धान गरी सुधार गर्नुपर्ने पीडितहरुको गुनासो छ । उनीहरुले पीडितको खोजी गरेर उनीहरुलाई त्यस्तो अपराधबाट मुक्त गराउनसमेत सुझाव दिएका छन् । डेटिङ साइटमा भेटेको दुई महिनापछि एन्थोनी लोइले सेप्टेम्बर २०१७ मा २६ वर्षीया कथरिन स्मिथको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । अनुसन्धानका क्रममा स्मिथलाई ३३ पटक उक्त हतियार प्रहार गरिएको पाइएको थियो । 

Global Ime bank

लोइलाई हत्याको अभियोगमा १८ वर्षको जेल सजाय सुनाइएको छ । उनले फेक आइडी बनाएर स्मिथसँग परिचय गरेका थिए । उनले आफू स्मिथभन्दा १० वर्ष कान्छो भएको र नाम टोनी मुरे बताएका थिए ।  कथरिनकी आमा डेबी भन्छिन, "कसैलाई पनि यस्तो एप तथा साइटहरुमा भेट्दा दोहोरो जाँच गर्नुपर्दछ । डबल चेक र क्रस चेक गरेर उक्त व्यक्तिको विगत र वर्तमानबारे यथार्थ बुझेरमात्रै सम्बन्ध अघि बढाउनु पर्दछ ।"

"यदी कथरिनले लोइ अपराधिक पृष्ठभूमिको हो भन्‍ने जानेको भए उनी पक्कै पनि लोइलाई भेट्‍न जाँदैन थिइन् होला", डेबीले भनिन् । प्रहरी प्रमुख परिषदले उक्त प्रयोगकर्ताहरुलाई सुरक्षित बनाउनु यस्ता प्लेटफर्मको सामाजिक उत्तदायित्व भएको बताएको छ । अपराधीहरुले यस्ता प्लेटफर्ममार्फत सामजमा जो सबभन्दा कमजोर छ त्यसलाई बढी हानी पुर्‍याउने गरेको पाइएको प्रहरी परिषद्ले जनाएको छ ।

अनलाइन डेटिङ एसोसियसनका कार्यकारी प्रमुख जर्ज किडले भने, "यूकेमा मात्र यस्ता प्लेटफर्म प्रयोगकर्ताहरु एक करोड छन् । यसलाई हामीले उत्सवका रुपमा मनाएका छौं र यसको सुरक्षाप्रति पनि हामी सजग हुन्छौं ।" म्याच ग्रुप नामक डेटिङ एप कम्पनी प्लेन्टी अफ फिसले यसको सुधार र परिमार्जनका लागि वार्षिक करोडौं खर्चिने गरिएको बताएको छ । वार्षिक रुपमा एप संशोधन गर्दा गैरसामाजिक व्यवहार गर्ने प्रयोगकर्ताहरुलाई एपमार्फत हटाउने र थप सुरक्षित बनाउने गरको कम्पनीले जनाएको छ । 
बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC