site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
२०१४ मा सपना बेचेका मोदी २०१९ मा असफलता बेच्दैछन् !
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । २०१९ को चुनावले २०१४ लाई पछि पारिसकेको छ । २०१९ को चुनाव २०१४ लाई भुलाउने चुनाव हो । भारतीय जनता पार्टी (भाजपा) का प्रचार सामग्री हेर्दा उ २०१४ बाट भाग्दै गरेको देखिन्छ । 

अहिले नयाँ मुद्दाहरुको मार्केटिङ भइरहेको छ । यी पोस्टरहरुमा जबरजस्ती ट्यागलाइन राखिएको छ । पोस्टरहरुको भावले परीक्षामा उनुत्तिर्ण भएको विद्यार्थीले घरमा पुगेर दिने प्रतिक्रिया ‘सबै विद्यार्थीहरु अनुत्तिर्ण भए, यसपल्ट राम्रोसँग उत्तर पुस्तिका जाँच नै गरिएन’ भन्ने ढंगको देखाउँछ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको बचेको राजनीतिक सफलता भनेको यही छ कि विपक्षका बाँकी नेता र उनको सरकार पनि फेल भएको थियो । फेल हुनेले एउटा अन्य काम पनि गर्दछ, घरमा सबै फेल भएको बताउँछ भने टोलमा आफू पास भएको झुट बोल्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नो रिजल्ट कसैलाई पनि देखाउँदैन । भारतको परिक्षा व्यवस्थामा सहभागी ५० प्रतिशतभन्दा बढी छात्रहरुको यही अवस्था हो । नरेन्द्र मोदीको पनि । यसैकारण जब तपाईं यस पटक भाजपाको चुनावी पोस्टर हेर्दा हैरान हुन सक्नुहुन्छ । र, खोज्नु हुन्छ कि २०१४ का नारा कहाँ गए ? 

प्रचारहरुको कुनै प्रचार छैन । २०१४ मा मानिसहरु स्वयम् ती प्रचारहरुको प्रचार गर्दथे । सेनाको प्रयोग नभएको भए यो चुनावमा मोदीलाई आफ्नै पोस्टर लगाउनका लागि मुद्दा नै मिल्ने थिएन । 

Global Ime bank

आतंकवाद समाप्त गर्ने मोदी घुरी रहेको भान हुन्छ । हाजीपुरमा दीघा पुलभन्दा अगाडि लगाइएको अन्तरिक्षको सफलताको पोस्टर हेर्दा लाग्छ कि परिक्षामा अनुत्तिर्ण भएको विद्यार्थीले घर आएर आमालाई आफ्नो कापीको सट्टा अर्कै विद्यार्थीले लेखेको कापी देखाएको हो । 

२०१४ मा मोदीले सपना बेचेका थिए । २०१९ मा मोदी आप्mनो असफलता बेचिरहेका छन् । दिल्लीबाट जाने पत्रकार मानिसहरुको भीडमा मोदी–मोदीको आवाज खोजी रहेका छन् । 

२०१४ मा माइक निकाल्न नपाउँदै आवाज गुञ्जिन्थ्यो, मोदी–मोदी । २०१९ मा  जनताको माझ माइक निकाल्दा आवाज नै आउँदैन । पत्रकार अचम्म पर्दछन् । मानिसहरु मिडियाका कारण पनि मोदी–मोदी भनिरहेका छैनन् । टीभीहरु दिन–रात मोदी–मोदी भनिरहेका छन् भने अब उनीहरुका लागि के नै बच्यो र ? मिडिया बिक्री भइसकेको छ । डराइसकेका छन् । केवल मोदीलाई मात्रै देखाइरहेका छन् ।  

सबैले यो कुरा नबुझेका होलान तर तपाईंलाई यस्तो कुरा गर्ने मानिसहरु ठूलो संख्यामा हरेक प्रकारका भीड भेटिने छन् । युवादेखि वृद्धसम्म भनिरहेको भेटिने छन् कि मोदीको ‘मिडिया गोदी मिडिया’ हो ।

मिडियाकै विश्वसनीयता समाप्त भएको सुख्खा याममा मोदीको सपनाहरुको घाँस कति हरियो हुन सक्छ । यो कुरा मोदीका समर्थकहरु माथि भारी पर्न जान्छ । उनीहरु लज्जित हुन्छन् । त्यो गौरवका साथ मोदी–मोदी भन्न सक्दैनन् जसरी २०१४ मा गर्ने गर्दथे । 

मैले यो कुरा नतिजको सन्दर्भमा भनिरहेको छैन् कि मोदी पराजित हुने छन् । म न  त कसैसँग यो प्रश्न सोध्छु र न त यसमा मेरो ‘दिलचस्पी’ नै छ । मेरो लेखको आशय हो– मोदी स्वयम्सँग पराजित भइरहेका छन् । २०१४ का विजेता जब स्वयम्सँग पराजित हुन्छन् भने मोदीलाई मतदान गर्न चाहने मतदाताको अनुहार हेर्न आवश्यक छ । मसिनो स्वरमा सोध्छन् के मोदीले एउटा पनि राम्रो काम गरेका छैनन् । 

मोदीका आलोचकहरुसँग धेरै सवालहरु छन् । उनीहरु २०१४ मा हरेक बहसमा हार्थेनन् भने अहिले हरेक बहसमा भाजपा समर्थकहरुलाई हराउन सफल भइहरेका छन् । 

उनीहरुको मतबाट मोदी पराजित नहुन पनि सक्छन् तर उनीहरुका सवालबाट मोदीका समर्थक बहस हार्न लागेका छन् । यसैकारण उनीहरु चुपचाप छन् । भाजपाका मतदाताहरुले यति छिट्टै मोदीको विकल्पको सवाल उठ्ला भनेर कल्पनासम्म गरेका थिएनन । 
जब कुनै नेता बाध्यताको विकल्प हुन्छ भने त्यो बेला जनता चुप भैदिन्छन् । उनीहरु एकअर्कासँग नजर जुधाउँदैनन् । २०१४ मा सबै एकअर्कासँग नजर जुधाउँथे भने मोदी–मोदीको नारा पनि लगाउँथे । 

मोदीलाई मन पराउने मतदाताहरु ह्वाट्सएपझैं अन्तरमुखी भइसकेका छन् । फेसबुकझैँ बाहिर बोलिरहेका छैनन् । ह्वाट्सएप युनिभर्सटीले उनीहरुको ‘क्यारेक्टर’ परिवर्तन गरिदिएको छ । 

पाँचवर्षसम्म किसिम–किसिमका झुट निली सकेपछि बान्ता गर्न सकिँदैन ।  झुटले उनीहरुलाई पहिले आक्रामक बनायो भने अहिले एक्लो बनाइदिएको छ ।  मोदीका समर्थक नेताको विकल्पमाथि छलफल गर्न तयार देखिएका छन् । यदि कसैले विकल्प दिनसके उनीहरु मोदीलाई छोडेर कुनै अन्य माथि छलफल गर्न तयार छन् । 

‘घर–घर मोदी’ को स्थानमा मोदी नभए अर्को को भन्ने प्रश्न उनीहरुको मस्तिष्कमा उठ्न सुरु भइसकेको छ । मतदाताले जमिनमा राजनीतिको यथार्थ बुझेको छ । उसले सबैलाई हेरिसकेको छ र मोदीको पनि परीक्षण गरिसकेको छ । मतदाताले के गर्ने ? 

के मोदीमाथि विश्वास गरेको सजाय स्वयम्लाई दिने ? मतदाता झुट र प्रोपोगण्डाबाट छुटकारा चाहन्छ । यो चुनावमा उसँग २०१४ को जस्तै सपना छैन । यता न उता । पटक–पटक ठगिएको पीडा उ कसका सामु लिएर जाने ? 

पत्रकार मोदीको पीडा बुझ्छन् तर जनताको पीडा बुझ्दैनन् । जनता समस्याकाबीच उभिएका छन् । मोदीलाई पनि जनताप्रति कुनै सहानुभूति छैन । उनी मतदाताको पीडालाई वास्ता नगरी पिउने पानी नभएको खेतमा अन्तरिक्षको सफलताको कथा सुनाउँदै हिँडेका छन् । 

यही कारण जनता विकल्पहरुमा सम्भावना देखिरहेका छन् । सबैले त्यो जनतालाई एक्लो बनाएका छन् । यसैकारण अहिले ‘मोदी–मोदी’ सुनिन छाडेको छ । तपाईं ‘रिजल्ट’ जान्न चाहनुहुन्छ तर जनता आफ्नो अवस्था बताउन चाहन्छ । यसकारण २०१९ को चुनाव स्तब्ध जनताको चुनाव हो । 
द वायरबाट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC