site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वप्रधानन्यायाधीश पराजुलीले अझै फिर्ता गरेनन् गाडी
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानन्यायाधीशले अवकाश पाएपछि आफूले चढ्दै आएका गाडी फिर्ता गर्नुपर्नेमा उनीहरुले कानुन विपरीत चढ्दै आएको पाइएको छ । यस मामिलामा पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली फेरि विवादमा तानिएका छन् ।

महालेखापरीक्षकको गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा एक जना प्रधानन्यायाधीशले गाडी फिर्ता नगरेको उल्लेख गरिएको छ । कार्यालयको प्रतिवेदनमा  सर्वोच्च अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सेवा, शर्त र सुविद्यासम्बन्धी ऐनमा प्रधान न्यायाधीशलाई उपलब्ध गराएको सवारी साधनको सुविधा निजको कार्यकाल समाप्त भएको ७ दिनसम्म मात्र पाउने व्यवस्था रहेकोमा एक जना पूर्व प्रधानन्यायाधीशले लामो समयदेखि अझै सवारीसाधन फिर्ता नगरेको उल्लेख गरिएको छ । सोही ऐनमा अवकास प्राप्त न्यायाधीशले आफैंले खरिद गरी लैजान चाहेमा सो सवारीसाधनको किताबी मूल्य लिई हस्तान्तरण गर्न सकिने जनाइएको समेत प्रतिवेदनमा उल्लेख छ ।

Agni Group

सर्वोच्च अदालतबाट २०७४ चैत १ गते अवकाश पाएका एक प्रधानन्यायाधीशले प्रयोग गरेको १ करोड २९ लाख ६० हजार पर्ने सवारीसाधन हालसम्म फिर्ता भएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । सो दिन पराजुलीले राजीनामा दिएका थिए ।

सवारीसाधनको किताबी मूल्य लिई हस्तान्तरण समेत नभएकोले ऐनको व्यवस्था पालना हुनुपर्ने  प्रतिवेदनमा जनाइएको छ । गत वर्षको प्रतिवेदनमा समेत अर्का पूर्वप्रधानन्यायाधीशले लगेको सवारीसाधन फिर्ता नभएको व्यहोरा उल्लेख गरिएकोमा त्यसको कार्यान्वयन नभएको जनाइएको छ ।

Global Ime bank

२०७४ चैत १ गते तत्कालीन प्रधानन्यायाधीश पराजुलीले उमेर हदको विवादका कारण राजीनामा दिएका थिए । उनीतर्फ नै महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले संकेत गरेको प्रष्टै बुझिन्छ । पराजुलीले गाडी फिर्ता नगर्नुको कारणबारेमा जिज्ञासा राख्दा सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आफू अहिले उपत्यका बाहिर रहेकोले राजधानी फर्केपछिमात्रै त्यसबारेमा केही भन्न सक्ने जनाए ।

यसबारेमा बाह्रखरीले पूर्वप्रधानन्यायाधीश पराजुलीसँग जिज्ञासा राख्दा उनले आफूसँग गाडी भएको स्वीकार्दै यो चलन तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय प्रधानन्यायाधीश हुँदादेखि नै रहेको जनाए । 

उनको भनाइ थियो,‘‘ उपाध्यायजी प्रधानन्यायाधीशबाट अवकाश भएपछि सुरक्षा ‘थ्रेट’ भन्दै गाडी माग्नुभएको थियो र सरकारले स्वीकृत गरेकोले त्यसपछि सबै प्रधानन्यायाधीशले लिँदै आएका हुन् । कल्याण श्रेष्ठदेखि सुशीला कार्की सम्मले गाडी चढिरहेका छन् । तर, महालेखाले मेरोमात्रै नाम लिएको हो भने केही भन्नु छैन ।’’

महालेखापरीक्षकको कार्यालयका प्रवक्ता विष्णुप्रसाद रिजालले केही पूर्वप्रधानन्यायाधीशले गाडी फिर्ता नगरेको भनेर अघिल्ला प्रतिवेदनमा पनि उल्लेख गरेको बताए । उनले भने, “उहाँहरुले लिनैपर्ने हो भने कानुन बनाएर लिनुपर्यो । अहिले लिएको कानुन नभईकन लिइएको हो । कानुन अनुसार लिन मिल्दैन ।’’

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC