site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लुक्लामा जहाज र हेलिकोप्टर ठोक्कियो, दुईजनाको मृत्यु, तीनजना घाइते (नामावलीसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । सोलुखुम्बुको लुक्का विमानस्थलमा समीट एयरको विमान दुर्घटनामा परेको छ । लुक्लाबाट काठमाडौं ‘टेकअफ’ गर्ने क्रममा समीट एयरको जहाज मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा दुईजनाको मृत्यु भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार समीट एयरका को पाइलट र एकजना सुरक्षाकर्मीको मृत्यु भएको हो ।  समीट एयरका को पाइलट श्रवण ढुंगाना र असई रामबहादुर खड्काको मृत्यु भएको उनले जानकारी दिए । समीट एयरका पाइलट आरबी (रवीन्द्र) रोकाया गम्भीर घाइते भएको उनले जानकारी दिए । विमानस्थलमा अन्य यात्रु थिएनन् भने एयर होस्टेस पनि घाइते भएकी छन् । 

Agni Group

घाइते हुनेमा मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ, असइ रुद्रबहादुर श्रेष्ठ रहेका छन् ।  कलसाइन ‘९ एन–एएमएच’ रहेको विमान मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए । विमान ठोक्किँदा श्री एयरको विमानमा पनि क्षति पुगेको छ । उनले पनि दुईजनाको मृत्यु भएको पुष्टि गर्दै अन्य तीनजना घाइते भएको जानकारी दिए । उनले घाइते भएका तीनजनालाई श्री एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै गरेको जानकारी दिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC