site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लुक्लामा समीट एयरको जहाज मनाङ एयरको हेलिकोप्टरमा ठोक्कियो, दुईजनाको मृत्यु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सोलुखुम्बुको लुक्का विमानस्थलमा समीट एयरको विमान दुर्घटनामा परेको छ । लुक्लाबाट काठमाडौं ‘टेकअफ’ गर्ने क्रममा समीट एयरको जहाज मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा दुईजनाको मृत्यु भएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार समीट एयरका को पाइलट र एकजना सुरक्षाकर्मीको मृत्यु भएको हो ।  समीट एयरका को पाइलट एस ढुंगाना र असई रामबहादुर खड्काको मृत्यु भएको उनले जानकारी दिए । समीट एयरका पाइलट आरबी रोकाया गम्भीर घाइते भएको उनले जानकारी दिए । विमानस्थलमा अन्य यात्रु थिएनन् भने एयर होस्टेस पनि घाइते भएकी छन् । 

कलसाइन ९ एन–एएमएच रहेको विमान मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए । विमान ठोक्किँदा श्री एयरको विमानमा पनि क्षति पुगेको छ । उनले पनि दुईजनाको मृत्यु भएको पुष्टि गर्दै अन्य तीनजना घाइते भएको जानकारी दिए । उनले घाइते भएका तीनजनालाई श्री एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै गरेको जानकारी दिए ।
तस्बिर : लाल गुरूङको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC