site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महालेखाको ५६ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्षम पेस
Sarbottam CementSarbottam Cement

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्माले महालेखापरीक्षको ५६ औं प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका छन् । शर्माले संघ, प्रदेश, स्थानीय तह लगायत तोकिएका अन्य निकायको आर्थिक वर्ष २०७४–७५ को लेखापरीक्षण सम्पन्न गरी महालेखापरीक्षकको ५६ औं वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

महालेखाले संघ, प्रदेश र स्थानीय तह समेत गरी ६ हजार ५ सय ४४ वटा निकायको लेखापरीक्षण सम्पन्न गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिवेदन ग्रहण गर्दै राष्ट्र विद्यादेवी भण्डारीले लेखापरीक्षणका नजिताले समग्र मुलुकी प्रशासनको अवस्था बारे जानकारी प्राप्त गरी सुधारका कार्यलाई मार्गनिर्देश गर्न सहयोग पुग्ने बताइन । उनले सार्वजनिक वित्तीय व्यवहारमा आर्थिक अनुशासन र जवाफदेहिताको महत्वर्पूण भूमिका रहने उल्लेख गर्दै प्रतिवेदनमा औंल्याईएका विषयलाई नेपाल सरकार, संघीय संसद, प्रदेश सभा, स्थानीय तह लगायत सम्बन्धित सबैले गम्भीरतापूर्वक लिई कार्यान्वयनमा लैजानु पर्ने बताइन् ।

महालेखापरीक्षकको कार्यालयले प्रदेश सरकार र सो अन्र्तगतका निकायको आर्थिक वर्ष २०७४–७५ को लेखापरीक्षण सम्पन्न गरी तयार पारिएको वार्षिक प्रतिवेदन ७ वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष पेश गरेको छ भने ७ सय ५३ स्थानीय तह मध्ये ७ सय ४७ को आर्थिक वर्ष २०७४–७५ को लेखापरीक्षण सम्पन्न गरी तयार भएका प्रतिवेदन सम्बन्धित स्थानीय तहलाई बुझाउने काम सुुरु गरेको छ ।

Global Ime bank

वार्षिक प्रतिवेदनमा लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणबाट देखिएका बेरुजूको स्थिति, लेखापरीक्षणबाट देखिएको समग्र व्यहोरा, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति र भविष्यमा गर्नुपर्ने सुधार लगायतका विषयहरु समावेश गरिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC