site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कास्की ।  पोखरामा जारी १६औँ फेवा नव वर्ष महोत्सवअन्तर्गत आज भएको पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किनले प्रथम स्थान हासिल गरेका छन् । 

अन्तर्राष्ट्रिस्तरमा पोखराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो दौड प्रतियोगितामा बेलायतका एलेक्स हक्कन द्वितीय तथा क्यानडाका माइकर बेकर तृतीय भए । महिलातर्फ बेलायतकी हाना कारस प्रथम, फ्रान्सकी भिओलेट लेफर दोस्रो र अमेरिकाकी सारा कोइनीले तृतीय हुन सफल भए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा विभिन्न देशका ६६ पर्यटकले सहभागिता जनाएको प्रतियोगिताका संयोजक अनिल सिंहले जानकारी दिए । हल्लनचोकस्थित पिस प्लाजा होटलदेखि रत्न मन्दिरको दक्षिणी गेटसम्म सहभागीहरु दौडिएका थिए । प्रतियोगितामा प्रथम हुनेले बुद्ध वा यती एयरको पोखरा–काठमाडौँ उडान टिकट, विजी वी क्याफेमा ककटेल डिनर र सिइङ हेण्ड्समा मसाजको सुविधा पाएका छन् । 

त्यसैगरी द्वितीय हुनेलाई अन्नपूर्ण वा पोखरा प्याराग्लाइडिङ कम्पनीबाट ३० मिनटको टेण्डम उडान सुविधा, विजी वी क्याफेमा ककटेल डिनरको सुविधा र सिइङ हेण्ड्समा मसाजको सुविधा प्रदान गरिएको छ । त्यस्तै तृतीयका लागि भने पोखरा–काठमाडौँ रुटमा ग्रिनलाइन टुर्सको टिकट, ककटेल डिनर र मसाजको सुविधा व्यवस्था गरिएको आयोजक पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC