site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसको संस्थापनलाई \'काउन्टर\' दिन काफ्ले समूहको छुट्टै कार्यक्रम
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसमा ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला निकट नेविसंघका नेताहरु फेरि नेतृत्वप्रति चिढिएका छन् । ११ विद्यार्थी संगठनमा नेविसंघका तर्फबाट पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहलाई प्रतिनिधित्व गराएको भन्दै सिटौलानिकट विद्यार्थी नेताहरु नेतृत्वप्रति चिढिएका हुन् । 

उनीहरुले संस्थापन पक्षलाई ‘काउन्टर’ दिन शुक्रबार नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको अगुवाइमा शुक्रबार छुट्टै कार्यक्रम आयोजना गरेका छन् । ११ विद्यार्थी संगठनले पूर्वउपाध्यक्ष शाहको अगुवाइमा आयोजना गरेको ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन’ विषयक विचार गोष्ठीलाई ‘काउन्टर’ दिन काफ्लेको अगुवाइमा ‘सरकारी अराजकता, प्रतिपक्षको मौनता र युवा विद्यार्थीको भूमिका’ विषयक खबरदारी सभा गरेका हुन् ।
 
‘‘संस्थापन पक्षले निवर्तमान कार्यसमितिका जिम्मेवार व्यक्ति हुँदाहुँदै पूर्वउपाध्यक्षलाई संगठनको जिम्मेवारी सुम्पेर ११ विद्यार्थी संगठनहरुको मोर्चामा पठायो,’’ काफ्ले समूहमा रहेका एक केन्द्रीय सदस्यले भने, ‘‘नैनसिंहजी नबस्ने भए पनि काफ्लेजी हुनुहुन्थ्यो । किन पूर्वलाई राख्नुपर्‍यो । नेतृत्वले मनोमानी गर्न नछोडेकाले छुट्टै कार्यक्रम गरेका हौं ।’’
 
बाल्मिकी क्याम्पसमा आयोजित खबरदारी सभा रोक्न संस्थापन निकट पदाधिकारीहरुले भरपूर प्रयास गरेको दाबी गर्दै उनले नेतृत्व नसच्चिएसम्म आफूहरु समानान्तर गतिविधिमा लागिरहने चेतावनी दिए । खबरदारी सभामा निवर्तमान महामन्त्री काफ्लेसँगै निवर्तमान उपाध्यक्षहरु रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, निवर्तमान सहमहामन्त्री माधव ढकाल, पूर्व सहमहामन्त्री बलदेव तिमिल्सना, निवर्तमान केन्द्रीय सदस्यहरु सुशील भट्ट, नवराज ज्ञिपाठी, उमेश थापामगर, जानुका पन्त, मेली शाह, शैलेन्द्र गौडेल, रामहरि ढुंगेल, पूर्व केन्द्रीय सदस्यहरु जीत शेरचन, युवराज पाण्डेय, इन्दु शर्मालगायतका विद्यार्थीहरु सहभागी थिए ।    
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC