site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं, १२ साउन । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले मिति र नीति दिए निर्वाचन आयोग तीन वटै चुनाव गर्न सक्षम रहेको स्पष्ट पारे । 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले भने,‘सरकारले हामीलाई तिथिमिति सहितको नीति दियो भने हामी तीनवटै निर्वाचन सम्पन्न गर्न सक्षम छौं ।’
यादवले लोकतन्त्रलाई बलियो बनाउनका लागि पनि समयमै निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै भने,‘निर्वाचन आयोग सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आँतुर छ, जनताको लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन साधन हो ।’ 
यसअघि पनि दुईवटा संविधानसभाको निर्वाचन सफल रुपमा सम्पन्न गरेको उल्लेख गर्दै बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पनि आवधिक निर्वाचनको आवश्यक रहेको यादवको तर्क थियो । 
उनले थपे,‘संविधानलाई आधार मानेर ०७४ माघ ७ सम्म तीनवटै निकायको चुनाव सम्पन्न गर्ने जिम्मेवारी छ, हामी यसलाई समयमै सम्पन्न गर्न आतुर छौं, यसको लागि हामीले आवश्यक डा«फ्ट तयार गरिसकेका छौं ।’
उनले निर्वाचन आयोगले पछिल्लो समय निर्वाचनमा सक्रिय सहभागिता होस भन्ने उद्देश्यले भोटर एजुकेशन लागु गर्ने तयारीमा लागेको जानकारी दिए । प्रदेशको निर्वाचन सम्पन्न गर्नको लागि सरकारले आवश्यक तर्जुमा गर्नुपर्ने समेत यादवको भनाई थियो ।  
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC