site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मातृभूमि कपको तयारी पूरा, पारस र ज्ञानेन्द्रले भने– खेल हेर्न आइदिनुस्
Ghorahi CementGhorahi Cement

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको सहयोगगार्थ आयोजना हुन लागेको मातृभूमि कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक धुर्मुस सुन्तली फाउण्डेसनले आज पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको छ । 

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले तयारी पूरा भएको जानकारी दिँदै अभियानमा सहभागी हुन सबैसँग आग्रह गरेका छन् । रंगशाला निर्माणमा हातेमालो गर्न अध्यक्ष कट्टेलले अपिल गरे । देशविदेशमा रंगशाला निर्माणबारे विभिन्न कार्यक्रम भइरहेको उनले बताए । 

Agni Group

पत्रकार सम्मेलनमा भोलि प्रतिस्पर्धा गर्ने नेपाल ए र बि टोलीका कप्तानले खेल हेर्न आउन आग्रह गरे । नेपाल ए का कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिने भिड यो कपमा पनि देखिने विश्वास व्यक्त गरे । 

नेपाल बि का कप्तान ज्ञानेन्द्र मल्लले टोली भोलिका लागि तयार रहेको भन्दै खेल हेर्न आउन आग्रह गरे । नेपाल ए र बि टोलीबीच प्रतिस्पर्धा हुनुपूर्व राष्ट्रिय कलाकारको टोलीबीच १० ओभरको खेल हुने आयोजकले जानकारी दिएको छ । कलाकार टोलीको नेतृत्व हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले गर्नेछन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC