site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनी र दाँत
Ghorahi CementGhorahi Cement

भाइबहिनी हो, चिनीको नाम त सबैले सुनेकै होला । जहाँ गुलियो त्यहाँ केटाकेटी भुलियो भन्छन् । म त्यही गुलियो चिनी हुँ । म उखुबाट बन्छु । म सबैसँग मिल्छु । चाहे तिमीले दूध होस् या चिया, चाहे मिठाई होस् चाहे चकलेट, सबैमा म मिल्छु । 

मलाई थाहा नै छ, म तिमीहरुको भान्सामा सधैं बसिरहन्छु । म भएँ भने तिमीहरुले धेरै खाना खान्छौ । तर तिमीहरुले मलाई राम्ररी चिनेको छौ कि छैनौ कुन्नि ! नचिनेको भए सुन, म भन्छु । म जाति पनि छु नजाति पनि छु । मलाई  थोरै खायौ र खाइसकेपछि मुख कुल्ला गर्यौ भने म जाति छु । तिमीहरुले मलाई धेरै खायौ र मुख कुल्ला गरेनौ भने म नजाती हुन्छु । त्यसैले मलाई खाएपछि मुख कुल्ला गर्न नबिर्स है । नत्र भने म तिम्रो दाँतमा बसिराख्छु । 

Agni Group

मलाई तिमीहरुले मात्र होइन, तिमीहरुको दाँत खाने किराले पनि असाध्यै मन पराउँछ । मलाई खान्छु भनेर त्यो कीरा तिमीहरुको दाँतमा बसिराख्छ । अनि मलाई खान थाल्छ । खाँदा खाँदा उसले तिमीहरुको दाँत पनि खान थाल्छ । दाँत प्वाल पारिदिन्छ दाँत असाध्यै दुख्छ । तिमीहरुको कीरा लागेको दाँत फाल्दा फ्याँक्नु पर्छ । नहल्लिएको दाँत फाल्दा हुन्छ । डाक्टरले गिजामा सुई लगाइदिनुहुन्छ र सनासो जस्तो हतियारले दाँत झिक्नुहुन्छ । त्यसैले भाइबहिनीहरु हो ! धेरै गुलियो खाँदै नखाऊ, जति खान्छौ खाएपछि कुल्ला गर्न नबिर्स ल, म तिमीहरुलाई केहि गर्दिनँ । 

नेपाली

Global Ime bank

–विष्णु घिमिरे ‘गगन’

हिमाल फिस्स हाँस्दाखेरि मलाई खुशी लाग्छ
चुरे महाभारत घुम्दाखेरि मलाई गर्व लाग्छ ।
प्रकृतिले नेपाललाई धेरै माया गर्यो
प्रयोग गरी अघि बढ्न हामीलाई गाह्रो पर्यो ।
तराईको जङ्गल हेर्दा झनै खुशी लाग्छ
हात्ती गैँडा घुम्या देख्दा हर्षका आँसु झर्छ ।
झरना देख्दा त्यही गई नुहाउन मन लाग्छ
खोला नदी देख्दाखेरि पौडिन मन लाग्छ ।
हिमाल पहाड तराई गरी मिलेको छ देश
भाग्यमानी नेपाली हौ धेरै लाग्छ बेस ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC