जेट एयरका थप विमान ग्राउण्डेड, अन्तर्राष्ट्रिय उडान रद्ध

जेट एयरका थप विमान ग्राउण्डेड, अन्तर्राष्ट्रिय उडान रद्ध

नयाँदिल्ली  । भारतको जेट एयरवेजका थप १० वटा विमान बिहीबारदेखि ग्राउण्डेड भएका छन् । उसले आर्थिक संकटका कारण उडान गर्न नसकेको जनाइएको छ ।  ग्राउण्डेन विमान अन्तर्राष्ट्रिय उडानका हुन् । बिहीबारका लागि तय भएका सबै अन्तर्राष्ट्रिय उडान रद्ध गरिएको स्रोतलाई उद्धृत गर्दै एशियन एजले जनाएको छ । 

भारतको नागरिक उडड्यन मन्त्रालयले सो एयरलाइन्सका सम्बन्धमा निर्णय गर्नु अघि डाइरेक्टर जनरल अफ सिभिल एभिएसन (डीजीसीए) को रिपोर्ट पर्खिएको जनाइएको छ । सो एयरलाइन्सलाई कसरी राम्रोसँग चलाउन सकिन्छ भन्ने बारेमा सरकारी निकायले अहिले अध्ययन गरिरहेको जनाइएको छ । 

सरकारी बैंकबाट नै ऋण दिने बारेमा चर्चा भएपनि यदि अन्य बिमान कम्पनीले पनि दाबी गरे वा फेरि पनि उसलाई ऋण दिनुपर्ने भएमा के गर्ने भनेर यसअघि नै विवाद भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

गोयलप्रति माल्याको सहानुभूति, जेट एयरवेज डुब्नुहुन्न   

नयाँदिल्ली । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजको अवस्था आफ्नो किङ्फिसरको जस्तै हुन लागेको देखेर विजय माल्याले सरकारसँग प्रश्न गरेका छन्

थलियो जेट एयरवेज, २ सय ६० पाइलट स्पाइस जेट जाँदै 

नयाँ दिल्ली । भारतको स्टेट बैंकले जेट एयरवेजका अध्यक्ष नरेश गोयललाई उनको आफ्नो १७ प्रतिशतको हिस्सालाई घटाएर १० प्रतिशतमा झार्न

काठमाडौं आउँदै गरेको इत्तिहाद एयरको विमान मुम्बइमा झण्डै ठोक्किएन ! जेट एयरले किन छोड्यो महत्वपूर्ण हब ? 

नयाँ दिल्ली । जेट एयरवेजले आजबाट आफ्नो अबुधाबी उडानलाई अपरेसनल कारण भन्दै सोमबारदेखि अनिश्चितकालका लागि ग्राउन्डेड गरेको छ ।   अबुधावी

जेट एयरको अबुधाबी उडान अनिश्चितकाललाई स्थगित, इत्तिहाद र फ्रान्स एयर झण्डै ठोक्किए 

नयाँ दिल्ली । जेट एयरवेजले आजबाट आफ्नो अबुधाबी उडानलाई अपरेसनल कारण भन्दै अनिश्चितकालका लागि ग्राउन्डेड गरेको छ । अबुधावी जेट