काठमाडौं । सिजी माटोकर्प , सुजुकी गाडीको नयाँ शोरुम धोबिघाटमा स्थापना भएको छ । शोरुमको उद्घाटन मारुती सुजुकी इन्डिया प्रा. लि. का कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सीजी होल्डिंग्सका अध्यक्ष अरुण चौधरीले गरेका थिए ।
धोबिघाटमा स्थापित यस स्टेट अफ द आर्ट शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना गरिएको भएको हो । शोरुमले “वे अफ लाइफ ” लाई आधार बनाई ब्रान्डका अत्यावश्यक उत्पादन, डिजाईन, र खरिददारलाई प्रात्साहन सामाग्रीहरु समाबेश गरेका छ ।
शोरुम उद्घाटनमा व्यापार यूनिटका प्रमुख, सिरज पन्तले “ग्राहकहरु शोरुममा गाडी किन्नका लागि मात्र नभई उत्साह खोज्न आउँने र जुन अन्त कहीं पाउन नसक्ने बताए ।
सुजुकीले देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गरेको छ । । कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २ सयभन्दा बढी आउटलेटको दावी गरेको छ ।