site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
को बन्ला पर्यटनमन्त्री ? प्रम सचिवालय भन्छ–तत्कालै पदपूर्ति हुँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीविहीन छ ।  अधिकारीको निधन भएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ सम्हाल्दै आएको भए पनि तत्कालै मन्त्री नियुक्त हुने सम्भावना नरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

रिक्त रहेको मन्त्रालयको नेतृत्व गर्न पार्टीभित्र सम्भावित उमेदवारको चर्चा भए पनि तत्कालै पदपूर्ति हुने सम्भावना नरहेको प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीसँग भन्यो । स्रोतका अनुसार बुधबारमात्रै प्रधानमन्त्रीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठक बसेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालै मन्त्री नियुक्त हुने सम्भावना भएको भए पर्यटनमन्त्रीकै अध्यक्षतामा बैठक बस्नेगरी पर धकेल्न सकिन्थ्यो ।  तत्कालै मन्त्री पूर्ति गर्ने प्रधानमन्त्रीको योजना नरहेकाले आफ्नै अध्यक्षतामा बैठक राखिएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको जोड पार्टी एकता
सचिवालयका एक सदस्यले जानकारी दिएअनुसार प्रधानमन्त्रीको पछिल्लो जोड पार्टी एकता टुंग्याउनेमै छ । नेकपाका अध्यक्ष रहेका प्रधानमन्त्री ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर गृहकार्य चलिरहेको छ ।

त्यसो त यसैबीचमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह असन्तुष्ट बनेको छ । नेपाल समूहसमेतलाई सहमतिमा लिएर एकीकरण टुंग्याउने मनशाय अध्यक्ष ओलीको छ । र, छुट्टाछुट्टै परामर्शसमेत गरिरहेका छन् । यसर्थ पनि तत्कालै मन्त्री नियुक्ति हेरफेर हुने सम्भावना नरहेको सचिवालयको दाबी छ ।

Global Ime bank

“क्याबिनेट सिस्टमअनुसार मन्त्री नियुक्ति, हेरफेर प्रधानमन्त्रीकै तजबिजको कुरा हो तर, प्रधानमन्त्रीज्यूको ध्यान मन्त्री नियुक्ति र हेरफेरभन्दा पनि पार्टी एकताको काम नै सक्नेमा केन्द्रित छ,” ती सदस्यले बाह्रखरीसँग भने । स्रोतका अनुसार पार्टी एकताको काम टुंग्याए पनि असन्तुष्ट पक्षसमेतलाई मिलाएर मन्त्रालय हेरफेर र मन्त्री नियुक्तिको काम अघि बढाउने सोचमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC