नेपालमा पब्जी खेलमा प्रतिबन्ध

नेपालमा पब्जी खेलमा प्रतिबन्ध

काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारलाई दिएको निर्देशनअनुसार आजैदेखि पब्जी खेलमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ । सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मका घटना हुन थालेपछि यसमा प्रतिबन्ध लगाउन निर्देशन दिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पनि पब्जी खेलमा प्रतिबन्ध लगाउन माग गर्दै निवेदन समेत परेको थियो ।

पब्जी कम्प्युटर तथा मोबाइलमा खेलिने अनलाइन खेल हो ।  नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकारी सन्दिप अधिकारीले जिल्ला अदालतमा मुद्दा परेपछि अदालतले सीआईबीलाई आदेश दिएको र सोही आदेशअनुसार मनोचिकित्सकको परामर्शमा साइट तथा खेल बन्द गरिएको जानकारी दिए ।

उनका अनुसार सीआईबीले दिएको निर्देशनअनुसार सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सर्कुलर गरिसकिएको जानकारी दिए । उनले प्राधिकरणको पत्र पुगेपछि सबै सेवा प्रदायकले बन्द गर्ने जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
ad