site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
खेलकुदमा अब राजनीति नमिसाऊँ 
Sarbottam CementSarbottam Cement

नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीव विक्रम शाह निर्विरोध चयन भएका छन् । आइतबार चितवनमा सम्पन्न साधारणसभाले शाहलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । दोस्रोपटक नेतृत्व सम्हालेका शाहको आगामी कार्ययोजना र चुनौतीबारे रेखा शाहीले गरेको कुराकानीको सम्पादित अंश : 

दोस्रोपटक एथ्लेटिक्स संघको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनु भएको छ ।  आगामी योजनाहरु के–के छन् ? 

म दोस्रो पटक र्निविरोध निर्वाचित भएको छु । पहिलो कार्यकाल धेरै बुझ्नतिरै लागेँ । संघभित्रको कमी कमजोरी, यसभित्रको राजनीति, खेलाडीको परिस्थिति, प्रशिक्षकको अवस्था, प्राविधिक जनशक्तिको अवस्था बुझ्ने मौका पाएँ । दोस्रो कार्यकालमा यस्ता विषयमा देखिएका कमजोरी सुधार्न केन्द्रित हुनेछु । 

Prabhu Bank
Agni Group
NIC Asia

मुख्य काम संघको कार्यालय व्यवस्थापन गर्नुपर्नेछ । राखेपले दिएको कार्यालयलाई व्यवस्थित गरेर त्यहाँ सचिवालय बनाउनुपर्नेछ । संघको आफ्नो वेबसाइट बनाउनेछौं । अहिलेको परिस्थिति यस्तो छ कि हामीसँग पूर्वाधार छैनन् । प्रविधिदेखि पूर्वाधारमा केन्द्रित रहनेछु । 

खेलाडी र टेक्निकल म्यानपावरको क्षमता वृद्धिका कार्यक्रम आयोजना गर्ने योजना पनि बनाएको छु । प्रशिक्षक र प्राविधिक व्यक्तिहरुलाई विभिन्न देशमा तालिमको व्यवस्था गर्ने योजना पनि रहेको छ । खेलाडीको बिमा, नियमित प्रशिक्षण र सेवासुविधा बढाउनेतिर पनि लाग्नेछौँ । 

Global Ime bank

हाइ अल्टिच्यूड तालिम सेन्टरको स्थापनाका लागि पहल गर्ने योजना छ । त्यो सम्भव भए विभिन्न देशबाट तालिम गर्न आउने खेलाडीबाट उठ्ने रकमले संघसँगै खेलाडीलाई मद्दत पुग्नेछ । संघको आर्थिक अवस्था मजबुत बनाउने विभिन्न व्यवसायिक घरानासँग समन्वय जारी राख्ने योजना पनि बनाउनेछौं ।

पहिलो कार्यकालमा खासै संघमा सम्झनलायक काम भएनन् भन्ने आरोप छन्, अब कसरी अघि बढाउनुहुन्छ ?

मेरो पहिलो कार्यकाल सिकाइमा गयो । मैले यसअघि एथ्लेटिक्स जान्ने बुझ्नेहरु सबैलाई जिम्मेवारी दिएको थिएँ । उहाँहरु विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भागसमेत लिन जानुभयो । खेलाडीलाई समेत पठाउनुभयो । काठमाडौंमा बस्ने उहाँहरु अलि जान्ने हुनुभयो । संघ त काठमाडौंको मात्र होइन । बाँकी जिल्लाका संघले पनि अवसर पाउनु पर्‍यो । म अध्यक्ष भएकोले पनि सबैलाई मिलाएर जानुपर्ने बाध्यता थियो । 

एथ्लेटिक्समा महासंघको कंग्रेसमा मलाई बाइपास गरेर महासचिव जानुभयो । अध्यक्षलाई नै बाइपास गरेपछि खरो भएको हुँ । अब कमजोरीलाई सुर्धार्दै अगाडि बढ्छु । 

\"\"

आगामी चारवर्षका लागि फेरि एकपटक एथ्लेटिक्स संघको जिम्मेवारी तपाईंको काँधमा आएको छ । मौका हो कि चुनौती पनि छन् ?

अहिलेसम्म मैले जे जिम्मेवारी पाएको छु । म सांसद हुँदा पनि मैले इमान्दारपूर्वक आफ्नो जिम्मेवारी पूरा गरेँ । नेपाल एथ्लेटिक्स संघको यसअघि अध्यक्ष हुँदा मैले विभिन्न विवाद र आरोप खेप्नुपर्‍यो ।

मैले त्यो विवाद र आरोपको जवाफ दिने मौका पाइन । तपाईंले भनेजस्तै मैले यसलाई अवसरसँगै चुनौतीका रुपमा लिएको छु । नयाँ टिमसँग चुनौती भएपनि काम गरेर देखाउनेछु । मैले देखेको मुख्य चुनौती भनेको एथ्लेटिक्स संघलाई एक बनाउने रहेको छ । म त्यो पनि गर्नेछु । संघको कुरा बाहिर गएर काट्नुभन्दा संघमा आउन साथीहरुलाई आग्रह गर्दछु । 

अहिले संघीय संरचनामा जाँदै छौं । अब ७ प्रदेशका अध्यक्ष हुनेछन् । संघसँग भड्किने प्रचलन छ । संघमा सबैलाई एकताबद्ध बनाउनु नै चुनौती छ । 

अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघको प्रतिबन्धमा पर्ने चेतावनीबीच चुनाव गर्नुभयो । चुनावको दुई दिनअघिसम्म स्वीकृत नदिएको राखेपलाई एकाएक कसरी मनाउनु भयो ? 

हामी निलम्बनमा पर्ने अवस्था आइसकेको थियो । हाम्रो चुनाव गत साउनमै गर्नुपर्ने थियो । त्यो बेला एसियन खेलकुदलाई मध्यनजर गर्दै राखेपले पछि गर्न भन्यो । त्यसपछि राष्ट्रिय खेलकुद परिषद आर्थिक क्लोजिङमा अल्मलियो । हामीले निर्वाचन गर्न कोशिस गर्दा असन्तुष्ट पक्षले राखेपमा निवेदन दिएका कारण समस्या भयो । निवेदन आएपछि त्यसको छानबिन गर्नुपर्छ भनेर राखेपले अलि ढिलो गर्‍यो । त्यसमा उहाँहरुको व्यस्तताले पनि अप्ठ्यारो भएको हो । 

अहिले खेलकुदमन्त्री जगत विश्वकर्माले प्रधानमन्त्रीको निर्देशनमा विवाद समाधानका लागि उपाध्यक्ष पिताम्बर तिम्सिनालाई खटाउनु भएको थियो । मैले एक महिनाअघि मन्त्रीलाई भेटेको थिएँ । उहाँले अहिले कराँते महासंघको विवाद समाधान गर्दैछौं । विवाद समाधानलगत्तै तपाईंतिर हेर्छौँ भन्नुभएको थियो । त्यसबेला उहाँहरुको नजर परिसकेको थियो । दुई दिन भित्रमा गरेको होइन । त्यो बीचमा अन्तर्राष्ट्रिय महासंघको पत्र आइसकेको थियो । मन्त्रालयले चासो राख्ने नै भयो । दुई दिन नभई लामो समयदेखि स्वीकृतका लागि पहल भएको हो ।  

\"\"

चुनावपछि एकपक्ष असन्तुष्ट छ । पूर्वमहासचिव सुनिल राजवंशीले २१ दिनअघि सार्वजनिक भएको थाहा नै भएन भन्दै हुनहुन्छ । त्यसले गर्दा संघमा फेरि पनि विवाद आउने त होइन ?

सात दिनअघि सूचना निकालेको हो । पूर्वमहासचिव सुनिलजीले के बुझ्नपर्‍यो भने विवाद भन्दा सुल्झाउनतर्फ लाग्नुपर्‍यो । मैले हारेको मान्छेलाई कार्यसमितिमा ल्याएर राखेको हुँ । निर्वाचनमा किन आउनुभएन उहाँ ? म त बाहिरबाट आएको हुँ । उहाँ त खेलकुदबाट आएको मान्छे, किन आउनु भएन ? यसअघि ४ मत मात्र ल्याउँदा मैले उहाँलाई मनोनित गरेँ । यसपाली पनि प्रक्रिया खुला थियो । हामीले सूचनाका बारेमा साउनमा २१ दिनको सूचना निकालेका थियौं । 

काठमाडौंबाट बैकुण्ठ मान्धरलाई बाइपास गर्दै जबरजस्ती आएको मान्छेलाई हामीले मान्यता दियौं । किन चुनावमा नआउनु भएको ? नतिजा आफनो पक्षमा आउँदैन भनेर विवाद मात्र गरेर बस्ने ? मलाई थाहा थियो फेरि आरोप लाग्छ भनेर त्यसैले मैले खेलुकदको पूर्वनिर्देशक अहिले कानुनविद् हुनहुन्छ, केशब गौतम ।

उहाँसँग सल्लाह र सबै प्रक्रिया मिलाएर निर्वाचन गरेको हो । साउनमा २१ दिनको सूचना जारी गरेको हो । केही जिल्लामा समय पनि थपेको हो । सबै कागजात वकिलसँग छन् । प्रक्रिया मिलाएर गरेका हौं । अहिले पनि सूचना निकालेकै हो । विवादका लागि विवादमात्रै गरेर हुँदैन ।  

दशजना सर्वसम्मत बाँकी ५ जना अध्यक्षले मनोनयन गर्नुपर्ने तपाईंहरुको विधानमा छ । असन्तुष्ट पक्षलाई कसरी मिलाएर अघि बढ्नुहुन्छ ?

म उहाँहरुलाई समेट्न चाहान्छु । तर उहाँहरुलाई मेरो आग्रह के छ भने नराम्रो राजनीति गर्न छोड्नुपर्छ । यो संघ भनेको कोही व्यक्तिको होइन । यो राष्ट्रको संघ हो । यो राष्ट्र र खेलाडीको हितका लागि हो । उहाँहरुले अहिले प्रस्तुत गर्न खोज्नुभएको छ कि खेलाडीको संघका रुपमा । तर खेलाडीको संघका रुपमा लागेको भए जिल्ला संघहरुको उहाँहरुलाई किन सहयोग भएन । रघुजी पूर्वअध्यक्षमा भनेर आउन खोज्दै हुनुहुन्छ ।  उहाँ त निलम्बनमा परेको मान्छे । जापानमा गैरखेलाडीलाई पठाएको आरोपमा कारबाहीमा परेको त्यो पनि मन्त्रीको हस्ताक्षर फर्ज गरेको आरोपमा । 

निलम्बनमा परेको मान्छे फेरि मलाई नै आरोप लगाएर आउनु भनेको अचम्मको कुरा हो । सुनिल राजवंशीलाई फेरि भन्छु गलत राजनीति गर्न छोड्नुस् । यो कार्यकालमा पनि मेरो प्रयास हुन्छ । कार्यसमितिमा नभए पनि विभिन्न समितिमा समेट्न तयार छु । 
एकल रुपमा चलायो भन्ने आरोप थियो पहिलो कार्यकाल । अहिले पूरै सर्वसम्मत हुनुभा’छ अब त्यही दोहोरिने त होइन ? 

मलाई लगाइएको आरोप समय दिएन भन्ने हो । मैले समय नदिएको भन्ने आरोप भएपछि मैले कसरी एकल रुपमा चलाएँ । मैले पहिला दुईवर्ष सुनिल राजवंशीलाई चलाउन दिएकै त हो । जब उहाँबाट विवाद आउन थाल्यो । मैले दिएको कार्यक्रममा एकलौटी गर्न थालेपछि मैले एकल रुपमा निर्णय गरेको हुँ । मैले दिएका कार्यक्रममा उहाँमात्र जानुभयो । 

त्यो बेलाका उपाध्यक्ष तथा मुख्य प्रशिक्षक सुशील नरसिंह तीन कार्यक्रममा जानुभयो । उहाँहरु मात्र गएपछि म त अध्यक्ष सबैको कुरा समेट्नु पर्‍यो । विभिन्न संघबाट विवाद आउन थालेपछि मैले उहाँहरुलाई भने । मलाई नै बाइपास गरेपछि मैले राजीनामा मागेको हुँ । मैले दुई वर्ष चलाउन दिए । नभएपछि काम त गर्नुपर्‍यो । 

\"\"

एथ्लेटिक्स संघ अहिले ३९ जिल्लामा छ । अन्य केही जिल्लामा विस्तार हुन्छ कि ?

अहिले धेरै जिल्लाहरुले खेलाडी उत्पादन गरेका छैनन् । हामी जिल्ला छनोट गरेर काम गर्नेछौं । संघ घटाउने कुरा हुँदैन । योजना बनाएर छलफल गर्नेछौं । राखेपसँगको सहकार्यमा काम गर्नेछौं । 

हरि रोकाया, बैकुण्ठ मान्नधरजस्ता खेलाडी उत्पादन गरेको भए पनि अहिले पुरानो अवस्था छैन । अहिले ३६ जना प्रशिक्षक छन् । कमैले मात्र खेलाडी उत्पादन गर्ने गरेका छन् । कसरी व्यवस्थापन गर्नुहुन्छ ?

खेलाडी उत्पादन नभएकोबारे संघलाई मात्र जोड्न मिल्दैन । देशकै परिस्थितले हो । पछिल्लो समय देशको परिस्थिति फरक भयो । राजनीतिक परिवर्तनले हो सबै । 

अब व्यावसायिक रुपमा अगाडि बढ्नुपर्छ । संघको कुरामात्र होइन राष्ट्रले पनि लगानी बढाउनुपर्छ । म कांग्रेसको पूर्वमाननीय भए पनि सबैलाई समेटर राखेको छु । ७० प्रतिशत अरु पार्टीकै छ । मलगायत एक दुई जनामात्र कांग्रेसको हो । राजनीतिक पावरले होइन । कामको मूल्यांकन गर्दै राम्रा खेलाडीलाई जन्माउने र प्राथमिकता दिनेमा केन्द्रित हुनेछौं । खेलकुदमा राजनीति मिसाउनु हुँदैन भन्ने मेरो प्रष्ट मान्यता छ । 

\"\"

अन्त्यमा तपाईंको कार्यकालमा खेलाडीलाई नयाँ ट्रयाकमा दौडिएको देख्न पाइएला ?

अवश्य सकिन्छ । हेर्नुहोस् गत चारवर्षमा आईएएफले ट्रयाक दिने कुरा चलेको थियो । अहिले कतारले ट्रयाक दिने कुरो चलेको छ । त्यसमा नेपाल पनि परेको छ । सरकारले हामीलाई केही जग्गा उपलब्ध गराउनु भयो भने हामीलाई पनि ट्रयाक दिने सम्भावना छ । हामी आफनो ट्रयाक बनाउने कोशिसमा छौं । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC