site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नियम उल्लंघन गरेर जहाजलाई उड्न दिएको भन्दै विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई स्पष्टीकरण
Ghorahi CementGhorahi Cement

काठमाडौं (रासस) । अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ । विमानस्थलले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र फ्लाई दुबईको जहाजलाई भिन्न भिन्न व्यवहार गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक क्षेत्रीलाई स्पष्टीकरण सोधेको हो ।

उडान उल्लङ्घनबारे विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई लिखित रूपमा स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिए । यद्यपि, के–के विषयमा स्पष्टीस्करण सोधिएको भन्नेबारे आफूलाई पूर्ण जानकारी नभएको उनले उल्लेख गरे ।

Agni Group

मन्त्रालयले बुधबार नै कार्यालय समयभित्रै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मार्फत विमानस्थललाई पत्र पठाएको बताइएको छ ।  विमानस्थलले मङ्गलबार राति दुबईको जहाजलाई विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडान अनुमति दिएको थियो । विमानस्थलको धावन मार्ग मर्मतका लागि यही चैत १८ देखि राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थलसम्बन्धी अन्तर्राष्ट्रिय नियम (नोटाम) लागू भइसकेको अवस्थामा उडान–अवतरण गराउन पाइँदैन ।  सोही नियमअनुसार विमानस्थलले एक साताअघि निगमको दुबई उडानको जहाज रोकेको थियो । उक्त उडान ४ मिनेट ढिलो भएको भन्दै जहाजका २७४ यात्रु अलपत्र परेको समाचार सार्वजनिक भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC