राजनीति
काठमाडौं । राप्रपा नेपालले राप्रपासँग एकता प्रक्रिया अघि बढेकाले एकतापछि मात्रै सरकारमा सहभागी हुने या नहुने भन्ने टुंगो लगाउने बताएको छ ।
केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग एकता प्रक्रिया अघि बढेको हुँदा त्यसपछि मात्रै सरकारमा सहभागी हुने या नहुने भन्ने निर्णय गर्ने बताए ।
“राप्रपाले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो,” थापाले भने,“नयाँ बन्ने सरकारमा जाने र नजाने पार्टी एकिकरणपछि मात्रै निर्णय गर्छौं ।”
पार्टी एकता हुने या नहुने भन्ने १६ गते भित्र टुंगो लाग्ने उनले बताए ।
थापाले आगामी चुनावमा पनि चुनाव चिन्ह गाइ राख्ने प्रयत्न कायमै राख्ने बताउँदै कात्तिकको पहिलोसाता काठमाडौंमा अन्तर्राष्ट्रिय सनातन धर्मसभाको आयोजना गरिने जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३ १६:३०
प्रतिक्रिया दिनुहोस्