site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

 

 

मस्को । टर्कीले रसियाली युद्धक विमानलाई आफ्नो आकाशमा अतिक्रमण गरेको र बारम्बार सचेत गराउँदासमेत नहटेको भन्दै केही समयपहिले आक्रमण गरी खसालेपछि टर्की र रसियाको सम्बन्धमा सोमबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले माफी मागेपछि बुधबार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना समकक्षी एर्डोगानलाई फोन गर्ने भएका छन्।

रसियाको प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार टर्कीका राष्ट्रपतिको विमान आक्रमणप्रति क्षमा याचनासहित पत्राचार गरेपछि रसियाली पक्षको पहलमा दुई राष्ट्रपतिबीच फोन वार्ता हुने भएको हो ।

Agni Group

विमान आक्रमणपछि चिसिएको सम्बन्ध सुधारमा एर्डोगानले विमान खसाल्नु गल्ती भएको भन्दै याचना गरेपछि सामान्य बन्ने सङ्केत मिलेको बताउँदै दुई देशबीचको सम्बन्ध छिट्टै सकारात्मक बन्नेमा पेस्कोभले बताए ।

सन् २०१५ को नोभेम्बरमा युद्धक विमान खसालेपछि रसियाले टर्कीबाट खाद्यान्न सामग्री, उडान र प्याकेज टुरमा प्रतिबन्ध लगाइएको थियो ।

Global Ime bank

टर्कीका राष्ट्रपति एर्डोगानले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक विमान चालकका परिवारसँग क्षमा याचना गरिएको भए पनि विमान खसालेकोमा नै क्षमा याचना भने नगरिएको अङ्काराले बताएको छ । रासस/एएफपी

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७३  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC