site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाल भ्रमण वर्ष-२०२० ले मुलुकको आय दोब्बर बनाउने : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल भ्रमण वर्ष-२०२०’ ले मुलुकको आय दोब्बर बनाउने विश्वास व्यक्त गरे । उनले यसको सफलता लागि सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित नेपाल भ्रमण वर्ष- २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरोकारवाला निकायलाई आग्रह गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष सम्पन्न हुँदा १० लाख नेपालीलाई पर्यटन क्षेत्रको विकास गरेर रोजगारी दिने अवस्था बनाउनु पर्नेमा पनि सबैलाई सचेत गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ-आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराए । बैठकमा प्रदेश र स्थानीय तहको गतन्व्यहरुको पनि पहिचान गरी सो भ्रमण वर्षलाई सफल बनाउने विषयमा केन्द्रित भएर छलफल गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

Global Ime bank

बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको पहिचान गरी त्यसलाई विभिन्न १० भाषामा प्रकाशित गरी विश्वभर प्रचार गर्ने प्रतिबद्धता जनाएको थियो । 

नेपाल भ्रमण वर्षलाई सफल बनाउन नेपालको गन्तव्य स्थलहरुको विश्वभर प्रचार-प्रसार गर्ने लगायतका कार्यक्रम संचालन गर्न लागिएकोबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC