site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘चलचित्रमा नआएको भए अटिजम र बालबालिकाको क्षेत्रमा काम गर्थें’
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर–३’ की नायिका सुहाना थापा झरना थापा चलचित्र उद्योगमा नभएको भए सायद आफू यो क्षेत्रमा नहुने बताउँछिन् । झरनाकै कारण आफू चलचित्र उद्योगमा आकर्षित भएको सुहाना बताउँछिन् । नायिका तथा निर्देशक झरना थापा सुहानाकी आमा हुन् । 

“यदी ममी मुभी इन्डिस्ट्रिमा हुनुहुन्न थियो भने सायद चलचित्रमा म हुन्न थिएँ होला । यो चलचित्र उद्योगमा माथि आउन निकै गाह्रो छ । कतै कुनै मोडमा ठोक्किएर आए फरक कुरा हो नत्र आउँदिन थिएँ होला,” उनी बाह्रखरीसँग भन्छिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रबाहेक सुहानालाई मनोविज्ञान मनपर्ने विषय हो । चलचित्रले उनलाई आकर्षित नगरेको भए आफ्नो पहिलो प्राथमिकता मनोविज्ञान हुने उनी बताउँछिन् । 
“मलाई साइकोलोजी एकदम धेरै मनपर्छ । सायद यो क्षेत्रमा नआएको भए म साइकोलोजीसँग सम्बन्धित क्षेत्रमा काम गर्थें,” सुहाना भन्छिन्, “अटिजम र बालबालिकाको क्षेत्रमा काम गर्थें ।”

सुहाना अभिनित चलचित्र ‘ए मेरो हजुर–३’ यही चैत २९ गते अल नेपाल रिलिज हुँदैछ । ‘ए मेरो हजुर–३’ सुहानाको डेब्यू मुभी हो । यसमा उनले अनमोल केसीसँग स्क्रिन सेयर गरेकी छन् ।

Global Ime bank

म्युनिकल लभ स्टोरी चलचित्र ‘ए मेरो हजुर–३’मा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC