site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री ओली मानसिक रोगले ग्रसितः युवा नेता पौडेल
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली ओली मानसिक रोगबाट ग्रसित रहेको आरोप लगाएका छन् । मानसिक बिरामीले नेपाल समृद्ध बनाउन नसक्ने टिप्पणी उनले गरे ।

“गफाडी प्रवृत्तिले देश बन्दैन । नेपाली कांग्रेसलाई गाली गरेर समृद्धि आउँदैन,” नेपाली कांग्रेस क्षेत्रीय समिति–१ काभ्रेको कार्यालय भवन उद्घाटन तथा आमसभामा बुधबार बोल्दै पौडेलले भने, “ओली गाली गर्ने ठाउँमा होइन, देश विकास गर्ने ठाउँमा छन् । संविधान नराम्रो भएर राजावादी सल्बलाएका होइनन्, केपी, प्रचण्ड नालायक भएर सल्बलाएका हुन् ।” संविधानका विरुद्धमा कसैले  बोले कांग्रेसले प्रतिकार गर्ने उनले बताए । “ओली, प्रचण्डले संघीयता चाहेका छैनन्, कांग्रेसलाई संघीयता चाहिएको हो,” उनले भने ।

कांग्रेस सानो संख्यामा भए पनि सरकारका गलत कामको सशक्त विरोध गर्दै आएको उनले दाबी गरे । “अब संसदबाट मात्रै हुन्न, कांग्रेस सडकमा आउनुपर्छ। संसद भित्रबाटमात्रै सरकारलाइ सच्याउन सकिँदैन,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC