site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दोहोरी ब्याटलबारे प्रकाश सपूत भन्छन्– केही शब्दमा विकल्प खोजेको भए हुन्थ्यो
Sarbottam CementSarbottam Cement

आम स्रोतामाझ आफ्नो छुट्टै छवि बनाएका सर्जक हुन् गायक प्रकाश सपूत । दोहोरीमा नयाँ प्रयोग गरेर आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गरेका उनलाई त्यहीबेला आम संगीतप्रेमी स्रोता तथा दर्शकले मन पराए, जब उनको गीत ‘बोल माया’ केही महिना अगाडि बजारमा आयो । वैदेशिक रोजगारीमा रहेका श्रीमान् गुमाउँदाको पीडालाई समेटिएको उनको गीतले प्रकाशलाई आम स्रोता तथा दर्शकमाझ चिनाएनमात्रै, एउटा उचाइ पनि दियो ।

यही शनिबार उनले सिक्वेलको रुपमा ‘दोहोरी ब्याटल–२’ युट्युबमार्फत् सार्वजनिक गरे । ‘दोहोरी ब्याटल–२’ मा शब्द, संगीत तथा स्वर प्रकाश स्वयम्को छ भने उनीसँग ब्याटलमा छिन् प्रिती आले । यो गीत सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा आइपुग्यो भने १० लाखभन्दा धेरै दर्शकको साथ पनि पायो । यद्यपि यो गीतमा प्रयोग भएका केही शब्दलाई लिएर केही दर्शक–स्रोताले आपत्ति पनि जनाइरहेका छन् । यही विषयमा केन्द्रित रहेर बाह्रखरीले प्रकाश सपूतसँग गरेको कुराकानीः 

दोहोरी ब्याटल–२ बाट अपेक्षित प्रतिक्रिया पाउनु भयो ?
मिश्रित प्रतिक्रिया आइरहेको छ । हरेक कुरालाई हेर्ने आ–आफ्नै नजर हुन्छ । मूल्यांकन गर्ने तरिका र अधिकार पनि व्यक्तिमा निहित हुन्छ । त्यसैले व्यक्ति अनुसारका प्रतिक्रिया आइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

केही महिना अगाडि ‘बोल माया’ गाएर दर्शक–स्रोताको वाहवाही पाउनुभयो । त्यसको केही महिना लगत्तै त्योभन्दा विल्कुल फरक गीत सार्वजनिक गर्नुभयो । ‘बोल माया’ सुन्ने दर्शकका लागि न्याय गर्यो यो गीतले ?
मलाई लाग्छ, दर्शक तथा स्रोता फरक–फरक गीत सुन्ने हुनुहुन्छ  । सबैलाई एकै खालका गीत मन पर्दैन । व्यक्ति अनुसार फरक–फरक गीत मन पराउने र सुन्ने रुची हुन्छ । ‘बोल माया’ र ‘दोहोरी ब्याटल’ फरकफरक गीत हुन् । सेन्टिमेन्टल गीत सुन्नेका लागि ‘दोहोरी ब्याटल–२’ मन नपर्न पनि सक्छ । मिश्रित प्रतिक्रिया आउनुको कारण पनि त्यही नै हो । ‘बोल माया’ सुन्ने स्रोताको रुची र ‘दोहोरी ब्याटल–२’ सुन्ने स्रोता फरक हुन् । 

‘बोल माया’बाट प्रकाश सपूतले कमाएका दर्शक स्रोता ‘दोहोरी ब्याटल–२’बाट भड्किए भन्ने टिप्पणी भइरहेको छ नि !
त्यस्तो होइन । जसरी ‘दोहोरी ब्याटल–२’लाई दर्शक तथा स्रोताले हेरिदिनु भएको छ । जुन संख्यामा भ्युज गीतले पाइरहेको छ । त्यसलाई हेर्दा पनि दर्शक रिसाउनु भयो अथवा भड्किनु भयो भन्न मिल्दैन । आएका प्रतिक्रियाका आधारमा पनि त्यो भन्न मिल्छ र ? मिल्दैन । मैले जसलाई लक्षित गरेर यो गीत तयार पारेको हुँ, उहाँहरुले राम्रो छ भनिरहनु भएको छ । एक– दुईवटा शब्दलाई लिएर केहीले असन्तुष्टि जनाउनु भएको मात्रै हो । 

Global Ime bank

इमान्दार भएर जवाफ दिनुस्, तपाईं स्वयम्लाई मैले गलत नै गरेँ भन्ने लागिरहेको छ अहिले ?
काम गरिसकेपछि मात्रै त्यसको प्रतिक्रिया आउने हो । बजारमा नआएसम्म केही पनि थाहा हुँदैन । सकेसम्म सबैले तारिफ गर्ने गीतसंगीत नै गर्न मनलाग्छ । तर त्यो सुरुमै थाहा हुँदैन । गीतमा प्रयोग भएका केही शब्दको विकल्पमा अरु नै शब्द राख्न सकिन्थ्यो होला भन्ने लाग्छ तर मैले ठूलो गल्ती नै गरेँ भन्ने पश्चताप नै चाहिँ भएको छैन ।

दोहोरी भन्नेबित्तिकै स्थानीय कला, संस्कृति, साहित्य र परम्पराभित्र बसेर सिर्जना हुुनु पर्नेथियो होला कि ब्याटल जोडेपछि सीमा भत्काउन पाइने हो ?
लोकगीत र लोकदोहोरीमा फरक छ । म पनि यही समाजभित्रै जन्मिएको हुर्किएको व्यक्ति हुँ । समाजको रिती र थितीभित्र अरुले जस्तै मैले पनि बस्नुपर्छ र बस्छु पनि । दोहोरी संस्कृतिबाट टाढिएको अहिलेको नयाँ पुस्तालाई पनि जोड्नुपर्छ भनेर दोहोरी ब्याटल सुरु गरेको हुँ । त्यो सुरु गर्दा धेरैले मन पनि पराइदिनुभयो ।

नयाँ पुस्ता जो  र्‍याप सुन्छ त्यसलाई पनि दोहोरी सुन्ने बानी बसाइदिनुभयो भन्ने प्रतिक्रिया पाएँ । अहिलेको यो गीत पनि हाम्रै समाज भित्रैका शब्दलाई मैले लिएको हुँ । समाजबाहिर गएर हुँदै नभएको काल्पनिक कुरालाई मैले गीतमा समावेश गरेको छैन । प्रस्तुतीको शैली मात्रै फरक हो । सानोसानो कुुरामा पनि परिवारमा कसरी खटपट सुरु हुन्छ ? पुरुषमा रहेको अंहकारी सोच र महिलामाथि हुने विभेदकारी व्यवहार विरुद्ध महिला पनि चेतनशील भइसके भन्ने यो गीतले सन्देश दिएको छ । यसबाट पनि सर्जकको नियत खराब छैन भन्ने स्पष्ट हुन्छ । 

‘दोहोरी ब्याटल–१’ मा लोक दोहोरीको सीमाभित्रै बसेर केही नयाँ प्रयोग गर्नुभयो । दर्शक–स्रोताले रुचाए पनि तर ‘दोहोरी ब्याटल–२’ मा आइपुग्दा त्यसबाट हौसिएर महत्वाकांक्षी बढी हुँदा कुरा बिग्रियो भन्ने महसुस भएको छैन ?
समाज आधुनिक हुँदैछ । लोक गीत र लोक दोहोरी सुन्ने दर्शक तथा स्रोता मात्रै पनि हुनुहुन्न । म लोकदोहोरीकै पृष्ठभूमिबाट आएको सर्जक हुँ । दोहोरी पनि सुन्ने र  र्‍याप पनि सुन्ने स्रोता तथा दर्शकलाई कसरी एउटै गीत सुनाउन सकिन्छ भन्ने सोचाइबाट यो दोहोरी ब्याटलको कन्सेप्ट विकास भएको हो । मैले बिगारेँ, खत्तमै बनाएँ भन्ने लाग्दैन । र, त्यो गरेको पनि छैन । समाजमा भएकै कुरा गीतमा समावेश भएको छ । तर केही शब्दमा विकल्प खोज्न सकिन्थ्यो होला । प्रतिक्रिया आएपछि स्रोता तथा दर्शकको विचार बुझ्दै जाने हो । मसँग अझै यस्ता केही नयाँ आइडियाहरु छन् । त्यसमा काम गर्दै जाने हो । दर्शकको मन कसरी जित्न सकिन्छ र सांगीतिक क्षेत्रमा योगदान दिन सकिन्छ सोचेर काम गर्नुपर्छ । 

‘दोहोरी ब्याटल–१’ मा आएको प्रतिक्रियाले केही पाठ सिकायो ?
‘दोहोरी ब्याटल’ आयो, स्रोता तथा दर्शकले मन पराइदिनुभयो । ‘बोल माया’ आयो । त्यो पनि मन पराइदिनुभयो । यी दुई गीतका विधा वास्तवमा आफैंमा विल्कुल भिन्न हुन् । ‘दोहोरी ब्याटल–२’ र ‘बोल माया’मा आकाश र जमिनको फरक छ । एकै पटक एउटै व्यक्तिले फरक–फरक पहिचान बनाउन कठिन रहेछ भन्ने मैले सिकेँ । वास्तवमा एकै पटक एउटै व्यक्तिले दुईटा परिचय बनाउन सक्दोरहेनछ । 
  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC