site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उर्लाबारीमा क्रसर आतंक : १२ दिनदेखि स्थानीय आन्दोलित, अनसन सुरू
Ghorahi CementGhorahi Cement

विराटनगर । एउटै वडामा पाँचवटा क्रसर सञ्‍चालनले आतंक सिर्जना गरेको भन्दै मोरङको उर्लाबारीका बासिन्दा विगत १२ दिनेदेखि आन्दोलनमा छन् । क्रसरले मानव स्वास्थ्य र पर्यावरणमा समेत गम्भीर असर गरेपछि अध्ययन गर्न प्रदेश सरकारको ध्यानाकर्षणसमेत गरिएको छ । 

उर्लाबारी १ को बिहीबार झारसाँदीमा विरोध गर्दै आएका स्थानीयको मागबारे ध्यान दिन प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले बुधबार प्रदेश संसदको ध्यानाकर्षण गरेका छन् । साम्बाले भने,‘‘एउटै वडामा दुईवटा संचालनमा छन् । थप तीनवटा आएपछि गाउँमै भूकम्प गएको जस्तो भएको छ । वडाअध्यक्षसहित स्थानीय आन्दोलनमा छन् यसबारे कसले ध्यान दिने ?’’ साम्बाले यस्ता समस्याबारे प्रदेश सरकारले टुलुटुलु हेरेर बस्न नहुने बताउँदै प्रदेशसभामा सांसदले प्रश्न उठाउने तर मन्त्रीले जवाफदेहीता पूरा नगर्ने हो भने यसले जनस्तरमा राम्रो सन्देश नजाने बताए । 

Agni Group

क्रसरले गरेको प्रदूषण र समस्याको विरोधमा स्थानीय आन्दोलनमा उत्रिए पनि समस्या समाधानका लागि भने पहल भएको छैन् । बस्तीकोबीचमा स्थापना भएका क्रसर उद्योगले जनजीवनमै नकारात्मक असर पुगेको छ । धूलो र ध्वनीका कारण बस्तीमा बस्नै नसकिएको स्थानीयको भनाइ छ । पीडितले सम्मरबहादुर राईको संयोजकत्वमा अनसन सुरू गरेका छन् । क्रसरसम्म पुग्ने टिपर र लोडरले अझ कठिन बनाएको राई बताउँछन् ।
 
त्यहाँ बस्तीको ७० मिटर मात्र दूरीमा रहेको पञ्चेश्वर र पूर्वेली क्रसर संचालमा छन् । थप तीनवटा आउने तयारीमा रहेको प्रदेश सांसद साम्बाले बताए । चर्को र कर्कश आवाजले राति सुत्न बाधा गरेको र धुलोले बालीनालीलाई असर गरी मानिसहरु बिरामी पर्न थालेका छन् ।
 
‘‘क्रसरको उचित व्यवस्थापन गर्नुपर्छ, प्रदेश सरकारले यसमा चासो नदिइ हुँदैन,’’ सांसद साम्बाले भने,‘‘क्रसरका बारे स्थानीयमा समेत निकै भ्रम छ । यसको अनुगमन स्थानीय तह वा प्रदेश कसले गर्ने हो ? किन व्यवस्थित हुँदैन् ।’’

प्रदेशसभाको शून्य समयमा बोल्दै उदयपुरका सांसद विमल कार्कीले बेलका र त्रियुगा क्षेत्रमा हजारौं वर्ष पुराना मानव सभ्यताको विकास भएको क्षेत्र रहेको विश्वास गरिएकोले त्यहाँ पुरातात्विक उत्खनन् गर्नुपर्ने बताए । उनले भने, ‘‘अन्वेषण गर्न सरकारले नै ध्यान दिनुपर्छ । यो सभ्यता सिन्धु, हडप्पा वा मिश्रको जत्तिकै पुरानो हो भन्ने विश्वास गरिन्छ ।’’

Global Ime bank

सांसद निरन राईले किमाथांका सडकको डिपिआर धनकुटाको भेडेटार र धनकुटा बजारतर्फ पनि गर्न माग गरे । ओमप्रकाश सरागवीले झापाको दक्षिणी भेगमा बजेट अभावमा रोकिएका सडक परियोजना सूचारु गर्न ध्यानाकर्षण गराए । 

जयराम यादवले जन्मसिद्धका आमाबुबाका सन्तानलाई वंशज नागरिकता नरोक्न माग गरे । सांसद बिनादेवी राईले धरानमा भएको बस दुर्घटनाका घाइते तथा मृतकका परिवारलाई सहयोग गर्न प्रदेश सरकार समक्ष माग गरिन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC