site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी लगाएर वीरको टिकट काउन्टर खोलियो, आन्दोलनकारी डाक्टर प्रांगणमै बिरामी जाँच्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । डाक्टरहरुको आन्दोलनमा कारण ६ दिनदेखि बन्द रहेको वीर अस्पतालको टिकट काउन्टर अस्पताल प्रशासनले आज प्रहरी लगाएर खोलेको छ । टिकट काउन्टर खुले पनि बिरामीले अस्पतालभित्र सेवा पाउन भने सकेका छैनन् । टिकट काउन्टर खोलिएको र बिरामीलाई सेवा दिन सबै चिकित्सकलाई आह्वान गरिएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए । चिकित्सक आन्दोलित भएकाले अस्पतालको प्रांगणमै भए पनि बिरामीले सेवा पाउने उनले जानकारी दिए । 

गत शुक्रबारबाट कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकहरुले देशैभरका सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । काठमाडौंका वीर, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, शुक्रराजलगायतका अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले पनि सेवा पाउन सकेका छैन् ।
गोदानको आह्वानमा भएको उक्त आन्दोलनमा नेपाल चिकित्सक संघले समेत ऐक्यवद्धता जनाएको छ । चिकित्सकहरुको आन्दोलनले देशैभर दैनिक ५० हजारभन्दा बढी बिरामी प्रभावित हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले चिकित्सकहरुले आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन र अन्य प्रचलित कानुनको अधिनमा रही कारवाही प्रक्रिया अघि बयाउने चेतावनी दिएको छे । तर चिकित्सकहरु भने आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । 

गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले ६ दिनसम्म पनि बिरामीको स्वास्थ्यको विषयमा सरकारले चासो नदिएको भन्दै सरकारी अस्पतालको प्रांगणमा नै आकस्मिक बाहेकका सेवा दिने बताए । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC