site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हावाहुरी पीडितलाई मोरङ व्यापार संघको राहत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । मोरङ व्यापार संघले बारा र पर्साका हावाहुरी पीडितलाई राहत पठाएको छ । पीडित परिवारहरुलाई राहत वितरण गर्न संघले संकलन गरेको विभिन्न राहत सामग्री नेपाली कांग्रेस र तरुण दलमार्फत हस्तान्तरण गर्न पठाइएको हो । 
संघका अध्यक्ष पवनकुमार सारडाले २ लाख रुपैयाँ बराबरको राहत सामाग्रीहरु हस्तान्तरण गरिएको बताए । संघले चामल १ हजार ९ केजी चामल, २ सय केजी दाल, ४ सय २० थान साबुन, तेल २ सय पोका, नुन २ सय, आलु ३ सय केजी, ५० केजी प्याज, चाउचाउ ४ सय ५० प्याकेट, बिस्कुट ४ सय ३२ प्याकेट र चप्पल एक सय २० जोर पठाएको छ । 
संघका तर्फबाट उपलब्ध गराइएको राहत सामग्री नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य बिन्दिया कार्की, महासमिति सदस्य रञ्जित झा, तरुण दलका जिल्ला अध्यक्ष संजय थापा र विराटनगर सभापति सन्तोष न्यौपानेले बुझेका थिए । संकलित सामग्री पीडितलाई हस्तान्तरण गरिने न्यौपानेले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC